Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेप्सेमा ३४ अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ ४१।१३, व्यापार ४१।९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड ९४ लाख ९० हजार २३८ मूल्य बराबरको शेयर कारोवार भए । शिखर इन्सुरेन्स कम्पनी रु ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु आठ करोड ९९ लाख ६३ हजार २४३, एनआइसी एशिया बैंक रु आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९।४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७.५३ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies