Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन्।

मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए ।

“भूगोलका हिसाबले हामी धेरै नजीक छौँ । आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवद्र्धनलगायत पारस्परिक हित र चासोका विषयमा बङ्गलादेशी समकक्षीसँग वार्ता हुनेछ”, उनले भने ।

दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने बताए ।

बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा उनले प्रवचन दिने छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ ।

त्रिभुवन विमानस्थलमा मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies