Khabar Dabali Logo
  April 6, Mon

एकताको काम सक्ने घोषणा गरेको १५ दिन भोली पुग्दै : के के गर्दैछ नेकपा ?

काठमाडौं । गत महिनाको १६–१९ सम्म बसेको सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले ‘एकताको बाँकी काम १५ दिनभित्र सक्ने’ भने निर्णय गरेको १५ दिन भोली सकिँदैछ ।

बैठक समापन हुँदै गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको हैसियत अरु थुप्रै निर्णयहरुका साथै पार्टी एकताको मुलभुत काम बैठक समापन भएको दिनबाट लागु हुने गरी १५ दिनभित्र सकिसक्ने निर्णय सुनाएका थिए ।

खबरडबलीले एकताको बाँकी केन्द्रीय काम के भयो भनी खोजीतलासी गरेको थियो । हामीले सोधेका नेताहरु कसैले पनि यहि भयो र यति काम भयो भनेर भन्न सकेनन् ।

स्रोतका अनुसार पार्टी एकताका बाँकी कामहरु सक्ने भनिएको भए संगठन विभागमा कैही सदस्यहरु थप्ने बाहेक अन्य काम भएको छैन ।

अन्य केन्द्रीय आयोग तथा विभागहरुका विषयमा छलफल समेत भएको छैन । साथै केन्द्रीय समितिले गरेका अन्य दूई निर्णयहरुका पनि काम अघि बढ्न सकेका छैनन् । एमसिसिबारे अध्ययन गर्न बनाइएको कार्यदलको बैठक समेत बस्न सकेको छैन भने १० प्रतिशत सबै तहका समितिहरुमा थप गर्ने कमिटि संख्याका बारेमा छलफल नै चलेको छैन ।

नेकपाका अध्यक्षद्वयमध्य प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली सरकारका कामकारवाहीमा व्यस्त छन् भने अर्का अध्यक्ष प्रचण्ड हिजोबाट प्रदेशस्तरीय प्रशिक्षण तथा बैठकहरुका लागी निस्किएका छन् ।

१५ दिनभित्र एकताका बाँकी कामहरु सक्ने भनि घोषणा गरिएको दिन सकिन १ दिन मात्रै बाँकी रहँदा कतै सुरसारसम्म देखिएको छैन ।

फागुन ५ गते, २०७६ - ०९:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘फुर्सदिला’ बनेका मन्त्रिहरुलाई थप जिम्मेवारी –कसले के पाए ?

काठमाडौं । कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भएपछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी...   
महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

काठमाडौं । आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ...   
एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले आगामी एकहप्ता लकडाउन थप्ने निर्णय गरेको छ । सरकारले...   

एप्पलले बनायो कोरोना विरुद्धको फेससिल्ड (कायकारी अधिकृतको भिडियो हेर्नुहास्)

काठमाडौं । नयाँ प्रोडक्ट ल्नच गर्ने तयारी गरिरहेका बहुचर्चित एप्पल कम्पनि र कुरिरहेका पाठकहरुलाई...   

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि...   
प्रचण्ड एक विश्व क्रान्तिकै यूग पूरूष हून , स्यालहरुको चिच्याहटमा सिंह गर्जिनुपर्दैन

प्रचण्ड एक विश्व क्रान्तिकै यूग पूरूष हून , स्यालहरुको चिच्याहटमा सिंह गर्जिनुपर्दैन

वाम एकता पछि नेपाल कम्यूनिष्ट पार्टीले २०७४ सालको आम निर्वाचनमा संघ र प्रदेशमा सबैभन्दा धेरै जनमत...   

बाघमा पनि देखियो कोरोना

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेको एक चिडियाखानाको बाघमा कोरोना संक्रमण रहेको छ ।अमेरिकाको...   
कोरोनाविरुद्धको लडाइमा नेपालबारे यसो भन्छिन् निनियाँ राजदुत यान्छी

कोरोनाविरुद्धको लडाइमा नेपालबारे यसो भन्छिन् निनियाँ राजदुत यान्छी

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा नेपाल मात्र होइन,...   

कोरोना अपडेट : हिजोकोभन्दा कम देखियो संक्रमण, कहाँ कस्तो छ ? सुचिसहित हेर्नुहोस्

काठमाडौं । कोरोना संक्रमणको कारण हिजोको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या र मृतकको संख्या...   

चीनका शीर्ष वैज्ञानिकको यस्तो चेतावनी : ट्रम्पले अब के गर्लान् ?

एजेन्सी । चीनका बैज्ञानिकहरुले अहिलेको समयमा मास्क नलगाई हिड्नु घातक भएको बताएका छन् । चीनका बैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top