Khabar Dabali Logo
  March 30, Mon

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अलमलमा परेको छ । महान्यायाधिवक्ताको कार्यालयले बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकैपटक पक्राउ गर्न नहुने राय दिएसँगै सिआइबी अन्योलमा परेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सिआइबीको छानबिन प्रतिवेदनले दोषी ठहर गरिएकाविरुद्ध गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले शुक्रबार किर्ते र ठगीको जाहेरी दर्ता गरेको थियो । तर, सरकारी तहबाटै किर्ते र ठगीविरुद्धको मुद्दालाई कमजोर बनाउने प्रयास भएसँगै अनुसन्धानमा अलमल देखिएको हो ।

सिआइबीका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले भने जग्गा हिनामिना गर्नेविरुद्ध किर्ते र ठगी मुद्दाअन्तर्गत अनुसन्धान गर्न जाहेरी दर्ता भएको र अनुसन्धान प्रक्रिया अघि बढेको बताए ।

तर, किर्ते र ठगीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छैन । प्रवक्ता पाण्डेले अनुसन्धानका क्रममा गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्ने जानकारी दिए ।

फागुन ५ गते, २०७६ - ०७:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै...   
नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

काठमाडाैँ । १. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा...   

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा...   

कुकुरले पत्ता लगाउने कोरोना संक्रमण, बेलायतमा हुँदै छ यस्तो प्रयोग

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण पत्त लगाउन अनौठो प्रयोग सुरु भएको छ । त्यहाँ कुकुरको सुँघ्ने...   

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक...   
सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

सीमामा रोकिएका नेपाली ट्युब चढेर धमाधम लुकेर नेपाल छिर्दै

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत महाकाली...   

दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ

दैलेख । नोबेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा...   

अमेरिकामा मात्रै काेराेनाबाट दुई लाखको मृत्यु हुनसक्ने विज्ञको चेतावनी

चीनले पठायो अमेरिकालाई स्वास्थ्य सामग्री, भेन्टिलेटरको सबैभन्दा बढी अभाव एजेन्सी । अमेरिकाका एक...   

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, स्पेनमा एकैदिन गयो ८२१ जनाको ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । सोमबार बिहानसम्म...   

उपत्यकामा लकडाउनले घटायो प्रदूषण

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top