Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारको लक्ष्य साढे ८ प्रतिशत आर्थिक वृद्धिदर साढे ४ प्रतिशत मात्रै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको घोषणा गरे पनि आर्थिक वृद्धिदरलगायत महत्वपूर्ण सूचकांक नकारात्मक भेटिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - केन्द्रीय तथ्यांक विभागले गरेको गणनाअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि साढे ४ प्रतिशतमा सीमित छ । जब कि सरकारले यस वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

केन्द्रीय तथ्यांक विभागले हरेक तीन महिनामा कुल गार्हस्थ उत्पादन (जिडिपी) गणना गर्छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मको गणना सम्पन्न गरेर कात्तिकदेखि पुससम्मको गणना गरिरहेको छ ।

पहिलो त्रैमासको रिपोर्ट विभागले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलाई पनि रिपोर्टिङ गरिसकेको छ । तर, उपलब्धि निराशाजनक भएकाले सरकारकै निर्देशनमा विभागले तथ्यांक सार्वजनिक गरेको छैन ।

गत आर्थिक वर्षमा भने हरेक त्रैमासमा वृद्धिदर सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्षको वृद्धिदर पहिलो त्रैमासमा ६.९ प्रतिशत र दोस्रो त्रैमासमा ६.४ प्रतिशत थियो । र, गत आर्थिक वर्षको समग्र आर्थिक वृद्धिदर ७.१ प्रतिशत थियो ।

गत वर्षको पहिलो र दोस्रो त्रैमासको आर्थिक वृद्धिदरमा सामान्य सुधार गरेर समग्र आर्थिक वृद्धिदर हासिल भएको थियो । यस वर्ष पहिलो त्रैमासको वृद्धिदरले समग्र आर्थिक वृद्धि निराशाजनक हुने संकेत गरेको छ ।

‘कृषि उत्पादनमा कमी, घट्दो व्यापार र पूर्वाधार निर्माणमा सुस्ततालगायतका कारण यस वर्ष आर्थिक वृद्धि कमजोर हुने तथ्यांक विभागको आँकडा छ,’ योजना आयोग स्रोतले भन्यो, ‘तर, यो रिपोर्ट तथ्यांक विभाग आफैँले सार्वजनिक गर्नुपर्ने हो, आयोगले टिप्पणी गर्न मिल्दैन ।’

विगत तीन वर्षमा मुलुकमा ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा ८.२२ प्रतिशत, ०७४/७५ मा ६.६६ प्रतिशत र ०७५/७६ मा ७.१ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

सरकारले खर्च गर्न सकेन, अढाई खर्ब ढुकुटीमा
सरकारले यस वर्ष ८.५ प्रतिशतको हाराहारीमा अर्थतन्त्र वृद्धि गर्ने लक्ष्य लिए पनि त्यसअनुसार खर्च गर्न सकेको छैन । सरकारले खर्च गर्न नसक्दा पुस मसान्तसम्म दुई खर्ब ४१ अर्ब (स्थानीय सरकारको ५८ अर्बसहित) सरकारी ढुकुटीमै थन्किएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

केन्द्र र प्रदेश सरकारले ६ महिनामा जम्मा १५ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका छन् ।

त्यस्तै, आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने विस्तृत मुद्रा प्रवाह र कर्जाको वृद्धिदर पनि चालू आर्थिक वर्षको ६ महिनामा घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा मुद्रा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले मात्र बढेको छ । अघिल्लो आवको ६ महिनामा यस्तो मुद्रा प्रवाहको वृद्धि १९ दशमलव १ प्रतिशत थियो । सरकारले चालू आवमा विस्तृत मुद्रा प्रवाह १८ प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ ।

त्यस्तै, गत वर्षको ६ महिनामा बैंकहरूले निजी क्षेत्रतर्फ २३ दशमलव २ प्रतिशतले कर्जा विस्तार गरेका थिए । चालू आवमा भने यस्तो विस्तारमा उल्लेख्य कमी आएको छ ।

कर्जा विस्तार १४ दशमलव ९ प्रतिशतमा सीमित भएको छ । कर्जा लगानी बढ्दा आर्थिक गतिविधि विस्तार भई आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्छ ।

मुलुकको स्थिर लगानीमा निजी क्षेत्रको योगदान ८० प्रतिशत हाराहारी रहँदै आएकाले पनि निजी क्षेत्रमा हुने कर्जा प्रवाहको असर अर्थतन्त्रको विस्तारमा महत्वपूर्ण हुन्छ । सरकारले चालू आव अन्त्यसम्ममा आन्तरिक कर्जा २४ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार २१ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

तर, पछिल्लो समय कर्जा विस्तारमा थप समस्या देखिएको छ । दोहोरो लेखा प्रणालीमा गरिएको कडाइ, कर्जा लिन कर चुक्ता प्रमाण पेस गर्नुपर्ने व्यवस्था र बैंकहरूमा देखिन थालेको स्रोत अभावले कर्जाको वृद्धि प्रभावित भएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies