Khabar Dabali Logo
  February 19, Wed

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन्।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएको हो । प्रधानमन्त्री ओलीले भने, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।”

सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए । यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको बताए ।

ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै उनले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए । साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको उनले जानकारी गराए । यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

फागुन ३ गते, २०७६ - १३:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका अझै असुरक्षित, एक वर्षमा पन्ध्र सय घटना बढे

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक...   

देशबाट गरिबी, वेरोजगारी र पछौटेपन अन्त्य गरिरहेका छौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई...   

पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय...   
सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित...   
चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

काठमाडौं । चिनियाँ दुतावासले मंगलबार जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।...   

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको...   

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलबारे तपाईंलाई चित्त बुझेन ? यहाँ सुझाव पठाउँनुस्

काठमाडौं । विद्युत नियमन आयोगले ग्राहकहरुसँग नयाँ विद्युत महसुलको बारे सुझाव दिन आग्रह गरेको छ । आयोगले...   

दुई करोड २० लाख लागतको कालोपत्र छ महिनामै उप्कियो

दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ...   
स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका १७५ जना नेपालीहरुको स्वास्थ्य परीक्षण गरेको...   
सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top