Khabar Dabali Logo
  February 19, Wed

उपत्यकासहित देशैभर तापक्रम बढ्दो क्रममा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए ।

उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिनुभयो । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” मौसमविद् आर्यालले भने । उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ ।

अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै दिपालयको न्युनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव एक डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस, सिमराको न्युनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

फागुन ३ गते, २०७६ - १२:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका अझै असुरक्षित, एक वर्षमा पन्ध्र सय घटना बढे

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक...   

देशबाट गरिबी, वेरोजगारी र पछौटेपन अन्त्य गरिरहेका छौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई...   

पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय...   
सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित...   
चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

काठमाडौं । चिनियाँ दुतावासले मंगलबार जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।...   

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको...   

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलबारे तपाईंलाई चित्त बुझेन ? यहाँ सुझाव पठाउँनुस्

काठमाडौं । विद्युत नियमन आयोगले ग्राहकहरुसँग नयाँ विद्युत महसुलको बारे सुझाव दिन आग्रह गरेको छ । आयोगले...   

दुई करोड २० लाख लागतको कालोपत्र छ महिनामै उप्कियो

दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ...   
स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका १७५ जना नेपालीहरुको स्वास्थ्य परीक्षण गरेको...   
सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top