Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चीनबाट ल्याइने विद्यार्थीलाई दुई साता क्वारेन्टाइनमा राखिने हुदाँ तत्काल भेट्न नपाउने

काठमाडौं। चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो । सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ । उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिनेछ ।

सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अवलम्बन गरिएको छ ।

शनिबार विमान पठाइँदै

उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार त्यसतर्फ पठाइने भएको छ । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार सेनाको चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी वुहान जाँदै छन् । ‘विमान कति बजे उडान हुन्छ भन्ने तय भइसकेको छैन । जाने तयारी अन्तिम चरणमा छ’, उनले भने । टोलीमा सशस्त्र र नेपाल प्रहरी पनि सहभागी हुनेछन् ।

उक्त टोलीले नै नेपाली यात्रुलाई विमानमा चढाउने, ओराल्ने लगायत अन्य मनोवैज्ञानिक परामर्श दिनेछ । त्यसका लागि पाइलट, विमानका क्रु सदस्य र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको छ । विद्यार्थीलाई कति बजे काठमाडौं अवतरण गराइने यकिन भइनसकेको उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधानअनुरूप क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । नेपाल फर्कनुअघि उनीहरूको चीनमै स्वास्थ्य जाँच गरिनेछ । उनीहरूमा सामान्य ज्वरो आएमा वा अन्य लक्षण देखिएमा चीनले पठाउँदैन । उद्धार गरी ल्याइने नेपालीमा भाइरस संक्रमणको लक्षण नदेखिए पनि यात्राका क्रममा देखिन सक्ने समस्याको व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा पाँच हेल्थ डेस्क

उद्धार गरिएका नेपाली विमानस्थलमा आउनेबित्तिकै स्वास्थ्य परीक्षण गरिनेछ । त्यसका लागि विमानस्थलमा ५ वटा हेल्थ डेस्क स्थापना गरिएको सहायक प्रवक्ता दाहालले जानकारी दिए । उनले भने, ‘हेल्थ डेस्कमा सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिनेछ । ज्वरो वा खोकीलगायतका केही लक्षण देखिएमा अस्पताल लगिनेछ ।’

१४ दिन क्वारेन्टाइनमा बास

कुनै लक्षण नदेखिएको अवस्थामा उद्धार गरिएका विद्यार्थीलाई बस र एम्बुलेन्सबाट क्वारेन्टाइनमा लगिनेछ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्रको भवनमा क्वारेन्टाइन बनाइएको छ । उनीहरूलाई क्वारेन्टाइन स्थलमा कम्तीमा १४ दिन राखिने छ । एउटा कोठामा बढीमा तीन जना विद्यार्थी रहनेछन् ।

२४ सै घण्टा निगरानी

क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मीको टोलीले २४ सै घण्टा निगरानी गर्नेछ । शंकास्पद रोगको लक्षण देखिएमा तुरुन्त अस्पतालसम्म लैेजान एम्बुलेन्सको व्यवस्था गरिएको छ । क्वारेनटाइन स्थलमा निगरानीमा रहँदा कुनै लक्षण देखिएमा वा प्रयोगशाला परीक्षणको प्रतिवेदन पोजेटिभ आउँदासम्ममा तोकिएको अस्पतालमा उपचारका लागि पठाइने प्रबन्ध मिलाइएको छ ।

मदन भण्डारी फुटबल सर्‍यो

पछिल्लो समय संसारभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसका कारण यही फागुन तेस्रो साता तय भएको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । फागुन १५ देखि २४ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता विदेशी आउन नमानेपछि स्थगन गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

‘विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण विदेशी टिम नेपाल आएर खेल्न हिचकिचाएपछि प्रतियोगिता केही समयका लागि स्थगन गरेका छौं’, श्रेष्ठले भने, ‘कोरोना भाइरसको अवस्था हेरेर अर्को मिति चाँडै तय गरिनेछ ।’ प्रतियोगितामा मोरिसस, अफगानिस्तान र पाकिस्तानको राष्ट्रिय टोली आउने पक्का भइसकेको थियो । तीन विदेशी टोलीसँग नेपालको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने तयारी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies