Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

ओली सरकारको दुई बर्षे कार्यकालको समिक्षा : कति सफल कति असफल ?

काठमाडौं । जनताको अत्याधिक मतबाट बनेको ओली नेतृत्वको दुईतिहाइको सरकार शनिबार दुई बर्ष पुरा हुँदैछ । कम्युनिष्टको ब्यानरमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिएर नेकपा अध्यक्ष केपी शर्मा ओली ०७४ फागुन ३ गते दोस्रो कार्यकालको लागि सिंहदरबार प्रवेश गरेका थिए ।

निरन्तर अस्थिर, मिलिजुली सरकारको चपेटामा गुर्जिएर वाक्क दिक्क भएका नेपाली जनता दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीले चुनावि गठबन्धन बनाउँदै पार्टी एकतासम्म पुग्ने प्रतिबद्धता जनाएका थिए । र, कम्युनिष्टकै नेतृत्वमा स्थिर सरकार गठन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने प्रण गरेपछि नेपाली जनताले दुईतिहाइको अत्याधिक मतबाट अनुमोदन गरे ।

अहिले प्रधानमन्त्री ओली जनताको आशा र अपेक्षा पुरा गराउने तहमा सुविधाजनक बहुमतको नेतृत्व गरिरहेका छन् । ओली नेतृत्वको दुई बर्षे कार्यकाल आम जनताको अपेक्षा, नेकपाको घोषणापत्रअनुसार राष्ट्रियता, आर्थिक उन्नति, जनजीविकाको पक्षमा काम भए नभएकोबारे हामीले विभिन्न दलका नेताहरुसँग प्रतिक्रिया लिएका छौं । ओली नेतृत्वको २ वर्षे कार्यकालबारे के भन्छन् नेताहरु ? हेर्नुहोस् उनीहरुको प्रतिक्रिया :

ओली सरकार यतिको विछ्याउनामा मस्त निन्द्रामा सुतेकोे छ

\"\"
चन्द्र भण्डारी, नेपाली कांग्रेस

वर्तमान सरकारलाई राष्ट्रियता र गतिशिलताको आधारमा नेपाली जनताले अत्याधिक मत दिएका हुन् । र, यो सरकार बनिसकेपछि काम भन्दा भाषणमा बढि र आफ्नो धरातल केहो भन्ने कुरा यो सरकारले विश्लेषण गर्न सकेन । त्यसकारण यो सरकारको खुट्टी चाहिँ मेलम्चीले देखायो । कति विकास भयो भन्दा विकास खर्चै नभएर देखायो । क्षमतको पहिचान कार्यशैलीले देखायो । यी तीनवटा कुरा सरकारको कमजोरी देखिए ।

राष्ट्रियताको दृष्टिकोणमा नेताहरु आफ्ना घर बनाउने, घरका पर्खाल बनाउने नेपाली जनताले कर तिरेर पालेका सेना, पुलिस राख्ने, जनतालाई रवाफ देखाउने देखिए । नेताहरु कमाउने धन्नामा लागे । सीमा सुरक्षा हल हुन सकेन । आफ्नो सीमा मिचिदा पनि भारतसँग यो सरकारले कुनै पहल गर्न सकेन । डुवानका कुरा, सीमाका कुरा, जनताको आवश्यकताको कुराहरु सरकारले पुरा गर्न सकेन । दुईतिहाइको बलियो सरकार पनि विगतको निरन्तरता जस्तो भयो । भ्रष्टाचारको सवालमा ट्रान्सपरेन्सि इन्टरनेस्नलको रिपोर्ट अनुसार नेपालको भ्रष्टाचारको लेबल घट्दै गएको छ । यो सकारात्मक पक्ष हो । तथापि राजनीतिक भ्रष्टाचार घटेन ।

सरकार यतिको विछ्याउनामा मस्त निन्द्रामा सुतेकोे छ । ठेकेदारहरुले नेपालको विकासको गतिलाई धेरै पछि पारेको छ । त्यसको अन्त्य गर्न सरकार असफल भयो । न्यारो बडि, वाइड बडिमा ठेकदारहरुसँग मिलेर सरकारले नीतिगत भ्रष्टाचार गर्ने काममा लिप्त भएको छ । यसले गर्दा राजनीतिक भ्रष्टाचार बढेको छ ।

यो सरकारको राम्रो पक्ष पनि छ । ओली सरकार बनेपछि वैदेशीक सम्बन्धमा राम्रो पनि देखिएको छ । तथापि ओली जी शारिरीक हिसाबले निकै कमजोर छन् । तर, उनको जोश र जाँगरमा कुनै कमी देखिएको छैन । तर उहाँले चलाएको पंखाहरु उहाँकै मन्त्रिमण्डलमा खिया लागेको छ ।

दुई बर्षे कार्यकालमा प्रधानमन्त्रीको सोंच भनेको लहडी सोंच हो भन्ने कुरा पटाक्षप भएको छ

\"\"
सूर्यराज आचार्य, साझा पार्टी

बहुदल स्थापनापछि सधै अस्थिर, मिलिजुली र भागबन्डाको सरकार निर्माणको जुन श्रृखला चलेको थियो । कम्युनिष्ट सरकार आएपछि त्यसको अन्त्य भएको छ । यो एउटा सवल पक्ष हो । सधैं अस्थिर, राष्ट्रियताको पक्षमा कमजोर, जनजीविकाको पक्षमा काम गर्न सकेन भनेर सरकारप्रति नकारात्मक दृष्टिबोध भएको अवस्थामा ओली सरकार बनेपछि केही सकारात्मक आशा जगाएको थियो ।

मुलुक संविधान निर्माण, संघीयतामा गएको अवस्थामा विकास निर्माण, समृद्धि, सुशासनकोलागि धेरै संरचनात्मक फड्को मार्नुपर्ने जिम्मेवारी ओली सरकारलाई थियो । संरचनात्मक परिवर्तनमा राज्य संचालनको आधारभुत शैलीमा परिवर्तन, कर्मचारी संचालनमा परिवर्तन, विकासको नीति र खाकामा परिवर्तन, कार्यान्यनको शैलीमा परिवर्तन यी सबै चिजमा संरचनात्मक परिवर्तन गर्नुपर्ने थियो । त्यो राष्ट्रिय आवश्यकता पनि थियो । बलियो सरकारले गर्न पनि सक्थ्यो । तर, दुई बर्षपछि आएर हेर्दा के प्रष्ट भयो भने त्यो एउटा राष्ट्रिय जेम्मेवारी तहमा, बुझाइको तहमा र कार्यान्वनको तहमा अहिलेको सरकारले कामै गर्न सकेन । यो सरकारले बुझ्दै बुझेन ।

अर्को तहमा यो सरकारको ठिक नियत पनि रहेनछ । ओलीे सरकारले नियम कानून मिलाएर राज्य दोहन गर्नमा व्यस्त भयो । प्रधानमन्त्री लेबलबाट के आएको छ भने कानून संगतरुपमा काम भइरहेको छ भनेका छन् । कर्मचारीको पनि यही तर्क आउँछ । अचम्मको कुरा के छ भने लोकतान्त्रिक राज्य व्यवस्थामा कानून सम्मत भनेको न्यूनतम कुरा हो । राजनीतिक सम्मत हुनुपर्छ । उहाँले भनेको कानूनी कुरा त रकमी कुरा भयो ।

आम जनतामा के विश्वास हुनुपर्यो भने मैले चुनेर पठाएका मन्त्री, प्रधानमन्त्री सिंहदरबारमा पुगेपछि हाम्रो विश्वास जितेर काम गरेको छ । कानूनीरुपले केहि तलमाथी पर्यो होला तर राजनीतिकरुपले सहि काम गरेको छ भन्ने हुनुपर्यो । तर, विस्तारै जनतामा अविश्वास बढ्दै गएको छ । यो राम्रो रक्षण होइन । त्यसैले यो सरकार पुरै असफल रहेको छ ।

प्रधानमन्त्रीले सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र राष्ट्रियताको पक्षमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको एजेण्डा हामीले समर्थन गरेका थियौं । तर, दुई बर्षको दौरानमा सरकारको कामकारवाही हेर्दा एकदमै निरासाजनक रहेको छ । प्रधानमन्त्रीको विकासप्रति जुन दृष्टिकोण थियो । अहिले उहाँको सोच सूचित, योजनाबद्ध र भिजनरी दृष्टिले आएको रहेन छ भन्ने प्रष्ट भएको छ । यसलाई अलि खरोरुपमा भन्नुपर्दा उहाँ अलि हावादारी देखिनुभएको छ । उहाँमा विकास र समृद्धिमा स्पष्ट सोच, चिन्तन, गहिराइको मापन गर्ने खुबी उहाँमा रहेन छ । उहाँको अहिलेको सोच भनेको लहडी सोच हो भन्ने कुरा पटाक्षप भएको छ । उहाँलाई शंकाको लाभ आम जनताले दिएका थिए त्यो पुरा गर्न सक्नुभएन । बलियो सरकार लिएर सिंहदरबार प्रवेश गरेपछि विकास र समृद्धिको सोचलाई ठुलो अन्याय गर्नुभएको छ ।

पार्टी र सरकारबीच समन्वय हुन नसक्दा जनअपेक्षा अनुरुप काम हुन सकेन

\"\"
हरिबोल गजुरेल, नेकपा

मुलभुतरुपमा सरकारले ठिकै ढंगले काम गरिरहेको छ । जन अपेक्षा ठुलो छ । सरकारले जुन अपेक्षा बोकेर सरकार गठन भएको थियो त्यसअनुरुप काम हुन नसकेको सत्य हो । यो सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेपनि संतोषजनक मान्न सकिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सरकारको काम सकारात्मक भएपनि जनअपेक्षाअनुरुप अझै हुन सकेको छैन ।

सीमा विवाद, विकास निर्माण, जनजीविका र राष्ट्रियताको सवालमा सरकारले पहल गरीरहेको छ । यो रातारात हुने परिवर्तन हुने विषय पनि होइन । सीमा समस्या हल गर्न भारतसँग पनि कुटनैतिक पहल भइरहेको छ । पार्टी एकिकरण गर्नै दुई बर्ष लागेकोले पनि सरकारको काममा केही समस्या आएको हो । यसबीचमा एकताप्रकृया अगाडि नबढ्दा सरकार र पार्टीबीचमा समन्वय हुन सकेन । सरकार र पार्टीबीचमा समन्वय बन्दै छ ।

अब सरकारको कामले गति लिन्छ भन्ने हामीले विश्वास लिएका छौं । सरकार संचालनको काममा आम जनता पूर्ण सन्तुष्ट हुन्छन भन्ने छैन । आम मनोविज्ञान नै नकारात्मक बन्दै गइरहेको अवस्थामा सरकारले राम्रोनराम्रो जे गरी पनि टिकाटिप्पणी हुन्छन् ।

राष्ट्रियताको बारेमा सरकारले एउटा माखो पनि मार्न सकेका छैन

\"\"
चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा

दुई तिहाइको कम्युनिष्ट सरकारबाट जनताले जुन अपेक्षा र भरोसा गरेको थिए । त्यसमा सन्तुष्ट हुने काम गर्न सकेन । चुनावी घोषणा पत्रमा जनतालाई जुन आश्वास दिएका थिए । ओलीको सरकार त्यसलाई कार्यान्वयन गर्न चुकेको छ । राष्ट्रियताको बारेमा ओली सरकारले एउटा माखो पनि मार्न सकेका छैनन् । दुई तिहाइको शक्तिशाली सरकार भए पनि ढुलमुल गरिरहेका छन् । कतिपय स्थितिमा घुँडा टेक्ने स्थिति पनि देखिन्छ ।

भ्रष्टचारीलाई कारवाही गर्ने सवालमा केहि सन्तोस गर्ने ठाउँ देखिन्छ । तर, पूर्ण छैन । ठुला भ्रष्टचारीलाई पक्राउ गर्न सकेका छैनन् । अहिले भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले जुन अभियान चलाएको छ । यसलाई राम्रो मान्न सकिन्छ । यी बाहेक जनजीविका विकास निर्माण कार्यमा खासै सन्तुष्ट हुने ठाउँ छैन । यो सरकारले महंगी नियन्त्रण गर्न सकेको छैन । सबै ठाडा छन् । जसको साथमा जे सामान छ उसैले मोल गरेर बेचिराखेका छन् । सुशासन र महंगी नियन्त्रण गर्न सरकार असफल भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा सरकार पुरै असफल भयो

\"\"
रामजनम चौधरी, समाजवादी पार्टी

ओली सरकार पूर्णरुपले असफल रहेको छ । सरकारमा बसेर लुट मच्चाएको छ । आफु र आफ्नालाई बाहेक अन्यलाई हेर्ने दृष्टिकोण एकदम एकाङकी रहेको छ । सरकारले विकासको सवालमा काखापाखा गरेको छ । जनताले जुन दृष्टिकोणबाट नेकपालाई भोट हालेर जिताएका थिए ।

सरकारले समृद्धि र विकासको लक्ष्यलाई पुरा गर्न सकेको छैन । सबै गाउँपालिका, नगरपालिका, प्रदेशदेखि केन्द्रसम्म भ्रष्टचारले चुर्लुम डुबेको छ । सरकारको यसमा ध्यान गएको छैन । अहिले जुन ढंगबाट प्रधानमन्त्री चलाईरहनु भएको छ । यसले पुरै नगरी अध्याँरो छ । जनताले समृद्ध नेपालकोबारेमा जुज ढंगबाट सोचेका थिए । तर, यति करको बोजबाट जनता दबेका छन् । कुनै पनि काम गर्न सकिरहेका छैनन् ।

आर्थिक समृद्धि प्रर्यटनको पूर्वाधार भनेर सरकारले जुन नारा दिएको छ । पर्यटन क्षेत्रलाई प्रोत्साहन, प्रवद्र्धन गर्न सरकारले सकेको छैन । यो सरकार भनेको नारामामात्र सिमित रहेको छ । काम एक प्रतिशतपनि अगाडि बढाउन सकेको छैन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies