Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्ड र विश्वप्रकाशको जुहारीमा कमल थापा हौसिनु अशोभनिय : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गणतन्त्रवादीहरुबीच जुहारी चल्नु र राजतन्त्रवादी हौंसिनु अशोभनीय कार्य भएको टिप्पणी गरेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति सार्वजनिक भएलगत्तै कमल थापाले दिएको प्रतिक्रियालाई लिएर कांग्रेसले विज्ञप्ती निकाल्दै विरोध गरेको विषयमा बाबुरामले यस्तो टिप्पणी गरेका हुन् ।

२५ औं जनयुद्व दिवसको दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौतासँगै तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाउन आग्रह गरेको बताएका थिए ।

https://twitter.com/KTnepal/status/1227913854291599360

प्रचण्डकाे भनाई सार्वजनिक भएलगत्तै राजतन्त्रवादी नेता कमल थापाले प्रचण्डको भनाईबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्ने भनि उक्साएका थिए । उनले ट्विटरमार्फत ‘बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस’ भन्दै टिप्पणी गरेका थिए । थापाको भनाई सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमार्फत कांग्रेसको धारणा राखेका हुन् ।

https://twitter.com/bishwaprakash77/status/1227952874392391680

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस वक्तव्य सार्वजनिक गर्दै प्रचण्डको भनाई ‘अराजनीति र आपत्तिजनक’ भएको टिप्पणी गरेका थिए । शर्माले प्रचण्डको भनाई ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगबाट गैह्र जिम्मेवार शैलीमा आएको टिप्पणी गरेका थिए ।

https://twitter.com/brb1954/status/1227994959040532481

तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्वका शिर्ष नेतासमेत रहेका बाबुरामले जनताको रगतले गणतन्त्र आएको भन्दै पृष्ठभूमिलाई नभुल्न नेकपा नेता प्रचण्ड र कांग्रेस नेता शर्मालाई आग्रह गरेका छन् । उनले आफुँ १२ बुँदे सम्झौताको मुख्य सूत्रधार भएको बताउँदै वास्तविकतालाई लुकाउने कोशिस नगर्न पनि दुवैसँग आग्रह गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies