Khabar Dabali Logo
  February 19, Wed

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

त्रिपोली । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ ।

मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ । लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ ।

पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन् । उनीहरुले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो । यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ ।

सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ । सिन्ह्वा

फागुन २ गते, २०७६ - १३:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका अझै असुरक्षित, एक वर्षमा पन्ध्र सय घटना बढे

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक...   

देशबाट गरिबी, वेरोजगारी र पछौटेपन अन्त्य गरिरहेका छौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई...   

पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय...   
सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित...   
चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

काठमाडौं । चिनियाँ दुतावासले मंगलबार जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।...   

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको...   

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलबारे तपाईंलाई चित्त बुझेन ? यहाँ सुझाव पठाउँनुस्

काठमाडौं । विद्युत नियमन आयोगले ग्राहकहरुसँग नयाँ विद्युत महसुलको बारे सुझाव दिन आग्रह गरेको छ । आयोगले...   

दुई करोड २० लाख लागतको कालोपत्र छ महिनामै उप्कियो

दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ...   
स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका १७५ जना नेपालीहरुको स्वास्थ्य परीक्षण गरेको...   
सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top