Khabar Dabali Logo
  August 13, Thu

साताको अन्तिम दिन नेप्से घट्यो

काठमाडाैं । साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्त ०.१८, निर्जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।

कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको रु नौ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको रु ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको रु पाँच करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर रु चार करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाए ।

फागुन १ गते, २०७६ - १८:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी

काठमाडौं । अघिल्लो बिहीबार दिउँसो ठीक १२ बजे भर्खरै जेलबाट छुटेका पूर्व डिआइजी रञ्जन कोइरालाका पुत्रद्वय...   

कोरोनाले सिङ्गै अख्तियार ‘हायलकायल’ समातिन लागेका भ्रष्टाचारीलाई हाइसञ्चो

काठमाडौं। कोरोना (कोभिड–१९) को संक्रमणले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ कर्मचारी...   

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्द

काठमाडौं। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा...   

नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने...   

यो वर्ष हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र...   

मोटरसाइकल हराउने धेरै, पाउने थोरै

चितवन । साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा मोटरसाइकल हराएको उजुरी पर्‍यो...   

प्रत्येक घण्टामा १४ कोरोना संक्रमित थपिँदै

काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार...   

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवल ।  कोरोना लक्षण देखिएर बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका २ जनाको मृत्यु भएको छ । उनीहरू तौलिहवा...   

डोटीमा बस दुर्घटना : ३ को मृत्यु, ३२ जना घाइते

डडेल्धुरा । डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३२...   

सप्तरीमा थप १ कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका-८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top