Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेपालको पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ

नेपालको पहिलो र एक मात्र कोभिड(१९ अर्थात कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ भएर दैनिक काममा फर्किइसकेका छन्।

ती ३१ वर्षीय व्यक्ति चिनियाँ शहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाडौ उत्रिएका थिए।

वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनु पर्ने अवस्था नआएको उनी बताउँछन्।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।

म चीनको वुहान शहरमा अध्ययन गर्छु। ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म ज्यानुअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ।

मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो।

त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डौको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो।
म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नु पर्ने सल्लाह दिए ।

कोरोनाभाइरस सङ्क्रमणको आशङ्का
त्यसपछि टेकु अस्पतालमैँ राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनु भयो र राम्रो हेरचाह गर्नु भयो।

मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो।

कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ।

पछि हङकङबाट मेरो रगतको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ।

डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नु भयो। त्यसपछि म केही डराएँ।

केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाडौमै फेरि मेरो रगतको नमुना परीक्षण गरियो। त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो।

सङ्क्रमणमुक्त
तैपनि म सावधान रहिरहेँ। चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ।

त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो रगत जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो।

त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु। आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु।

अहिले एक महिना बितिसकेको छ। म पूर्ण रूपमा स्वस्थ भइसकेको छु। मलाई कुनै स्वास्थ्य समस्या छैन।
वुहानको मेरो विश्वविद्यालयमा बिदा भएकोले म नेपालमै आफ्नो अध्ययनमा जुटिसकेको छु।

मेरो घर परिवारका सदस्यलाई मलाई कोरोनाभाइरस सङ्क्रमण भएको र पछि ठिक भएको थाहा छ। मलाई सबैले माया गर्नुहुन्छ। कसैले कुनै भेदभाव गर्नुहुँदैन।

मैले कोरोनाभाइरसबारेका खबरहरू पढिरहेको छु। अहिले चीनको हुबे प्रान्त र त्यहाँको वुहान शहरमा नेपाल फर्किने प्रतीक्षा गरिरहेका नेपालीहरूमा अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको मलाई थाहा छैन।

म पनि त्यहाँ रहेका मेरा साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उनीहरू स्वस्थ रहेको बताएका छन् ।

उनीहरूलाई नेपालमा अलग्गै जहाँसुकै राख्दा पनि स्थानीयस्तरमा कुनै समस्या हुँदैन। आत्तिनुपर्ने अवस्था छैन।

सबैजनाले (छिउँ गर्दा मुख छोप्ने, साबुनले हात धोइराख्ने जस्ता) आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन चाहिँ जरुरी छ।

चीन फर्किने योजना
मेरो विचारमा चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ।

म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ। उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु।

मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ।

त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies