Khabar Dabali Logo
  February 19, Wed

बालुवाटारको मात्र नभई देशैभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छिन् । उनले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।

सहकारी विभागद्वारा आज यहाँ आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ बिघा फिर्ताको अन्तिम तयारीमा रहेको र ४६७ बिघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढेको बताइन् ।

उनले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरिन् । सार्वजनिक जमिन संरक्षणको अभियान चलाइरहँदा जोसुकै परे पनि नछाड्ने प्रतिबद्धताका साथ सरकार अघि बढेको बताउँदै उनले सुशासनका लागि सरकार दृढसङ्कल्पका साथ लागेको बताइन् । मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको बताउँदै मन्त्री अर्यालले त्यस्ता जग्गाको संरक्षणमा स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराइन्।

समाजवादको लक्ष्य प्राप्तिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सहकारी कृषिको व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख रहेको बताइन् । कृषि सहकारीमार्पmत उत्पादन गरेर त्यसको प्रवद्र्धन गर्ने कुरा मौलिक पक्ष भएको उल्लेख गर्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।

संविधानले राज्यको तीनखम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरिसकेपछि यसको कार्यान्वयनका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री अर्यालले राष्ट्रिय पूँजीको विकास नगरिकन समाजवादमा पुग्न नसकिने बताइन् । सहकारीमा समावेशिता, निम्न आय भएका व्यक्ति र युवाहरुको सहभागिताको खोजी गरिनुपर्नेमा जोड दिँदै उनले उत्पादनमा लागेका सहकारीलाई सरकारले विशेष सहलियत दिने तयारी गरिरहेको जानकारी दिइन् ।

वार्षिक १७ हजार मानिसलाई रोजगारी सिर्जना गर्ने गरी सहकारीलाई अगाडि बढाउने योजना मन्त्रालयले लिएको उनको भनाइ थियो । गण्डकी प्रदेशका मुख्यसचिव हरिप्रसाद बस्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्पलाई पूरा गर्न सहकारी क्षेत्रले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कृषि उत्पादनसँगै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । सहकारी विभागका निर्देशक डा टोकराज पाण्डेको अध्यक्षतामा भएको सो दुईदिने गोष्ठीमा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, सहकारीसँग सम्बन्धित पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको छ ।

फागुन १ गते, २०७६ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिन्छ

धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले...   
चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति...   
भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य...   
युवकले श्रीमती गर्भवती भएको थाहा पाएपछि यौन सम्पर्ककै बेला रेजर ब्लेडले घाँटी काँटेर गरे हत्या

युवकले श्रीमती गर्भवती भएको थाहा पाएपछि यौन सम्पर्ककै बेला रेजर ब्लेडले घाँटी काँटेर गरे हत्या

एक युवकले गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काँटेर हत्या गरेका छन् । ब्राजिलका २१ वर्षे मार्सेलो...   

काठमाडौँमा विद्युतका तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ ।...   

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको...   

तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्द : रुघाखोकी बिरामी समस्यामा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि...   

यसकारण महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

मध्यपुरथिमि । महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र...   

नेपाली सेनासम्बन्धी तीनदिने बृहत् प्रदर्शनी प्रारम्भ

काठमाडौ । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको...   

नेपालको पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ

नेपालको पहिलो र एक मात्र कोभिड(१९ अर्थात कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ भएर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top