Khabar Dabali Logo
  February 21, Fri

नेपाल लाइफको बीमा शुल्क अबदेखि इ-सेवा देखि भुक्तानी गर्न सकिने

काठमाडौं । जीवन बीमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इ–सेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरे । सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानीगर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुने छन् ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इ–सेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो । देशभर करिब ८० हजार भन्दा बढि एजेन्ट (इसेवाजोन तथापोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघि सकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

२०५८ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको नेपाल लाइफइस्योरेन्स् प्रथम अग्रणी जिवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका२ सय वटा शाखा तथा उप शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले साबधिक, धनवर्षा,आजीवन, म्यादी लगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।

फागुन १ गते, २०७६ - १५:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुल बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका...   

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बाँस्कोटाले राजिनामा...   

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण...   

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको...   
बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सरकारलाई संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन...   

प्रधानमन्त्रीले मुख नहेरि अडियो सुनेर मन्त्री बाँस्कोटालाई कारबाही गर्नुहोस् : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा नगराए...   
भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने...   

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं । डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन...   

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन...   
सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top