Khabar Dabali Logo
  February 20, Thu

यसकारण ह्वाट्सपका प्रयोगकर्ता २ अर्ब नाघे

सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सपको ब्लगपोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।

अमेरिकी सरकारले ह्वाट्सप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।

गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया “इन्क्रिप्सन” योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् ।

ह्वाट्सआपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ । एएफपी

फागुन १ गते, २०७६ - १३:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुल बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका...   

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बाँस्कोटाले राजिनामा...   

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण...   

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको...   
बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सरकारलाई संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन...   

प्रधानमन्त्रीले मुख नहेरि अडियो सुनेर मन्त्री बाँस्कोटालाई कारबाही गर्नुहोस् : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा नगराए...   
भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने...   

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं । डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन...   

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन...   
सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top