Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

दिल्ली विधानसभा चुनाव : के भाजपाले दाबी गरेअनुसार ४८ सीट ल्याउँछ ?

काठमाडौं । दिल्ली विधानसभा चुनावबारे गरिएको सबै एग्जिट पोल्सको नतिजाले आम आदमी पार्टी (आप) पुनः सत्तामा आउन सक्ने संकेत देखिएको छ । तर यहिबीच दिल्ली भाजपाका अध्यक्ष मनोज तिवारीले एक दाबी प्रस्तुत गर्दै सबै अनुमान फेल खाने बताएसँगै दिल्ली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

तिवारीको दाबीसँगै सामाजिक सञ्जालमा निकै चर्चा पनि चलेको छ । तिवारीले दाबी गरेको ४८ सिट कसरी र कहाँबाट आउँछ त्यो प्रश्नको घेराभित्र परेको छ ।

वास्तवमा दिल्लीमा मतदान सकिएसँगै मनोज तिवारीले एक ट्वीट गरेका थिए । उनले टिव्टमा भनेका छन्, “यी सबै एग्जिट पोल फेल खानेछन् । मेरो ट्वीट सम्हालेर राख्नुहोस् । भाजपाले दिल्लीमा ४८ सीट ल्याउँदै सरकार बनाउनेछ । कृपया ईबीएमलाई दोष दिन अहिलेदेखि नै बाहाना नखोज्नुहोला ।”

तिवारीको भनाई बाहिरिए लगत्तै आम आदमी पार्टीले एक भिडियो सार्वजनिक गर्दै चुनावमा प्रयोग भएको ईवीएम मेसिनसँग गम्भिर सबाल उठाएको छ । आपले मेसिनको प्रयोग हुँदा पनि नतिजा सार्वजनिकमा ढिलाई हुनुको पछाडि ठूलो आशंका जनाएको छ ।

आपका नेता मनिष शिशोडियाले पुरै नतिजा परिवर्तनकाे गम्भिर आशंका व्यक्त गर्दै प्रश्न उठाएका छन । “एकातिर भाजपाका नेता निर्वाचनको नतिजा बताईरहेका छन् भने अर्कोतिर चुनाव आयोग मतदान सकिएको २४ घण्टासम्म पनि निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्ने तथ्यांक दिन सकेको छैन् ।” शिशोडियाले भनेका छन्, “भित्र के चलिरहेको छ ? के अन्तिम नतिजा भाजपाको कार्यालयबाट आउने हो ?”

एकदिन पछि मतदान बारेको जानकारी सार्वजनिक

ढिलो गरि आइतबार साँझ मात्रै चुनाव आयोगले निर्वाचनबारे जानकारी बाहिर ल्याएको छ । चुनाव आयोगका मुख्य निर्वाचन अधिकारी रणबीर सिंहले निर्वाचन उत्साहजनक भएको जनाउँदै चुनावमा अत्यन्तै राम्रो मतदान भएको बताए । उनले सञ्चारमाध्यमलाई जनाएअनुसार दिल्ली विधानसभा चुनावमा ६२.५९ प्रतिशत मतदान भएको छ ।

उनले एक अध्ययन रिपोर्टलाई आधार मान्दै ईबीएम मेशिनमाथि गरिएको सबै चर्चा र आशंका गलत भएको पनि बताए । मतगणना ढिलाई भएसँगै निकै प्रश्न उठिरहेका बेला चुनाव आयोगका सिंहले इवीएम मेसिनमाथि प्रश्न र चर्चा गर्नु गलत भएको दाबी गरे । उनले मतगणना ढिलाईबारे आम आदमी पार्टी (आप)ले उठाएको प्रश्नलाई नकार्दै नतिजा केहि प्राविधिक विषय उठाए ।

चुनाव आयोगले केहि प्राविधिक समस्या देखाउँदै शनिबार सम्पनन निर्वाचनको मतगणना ११ फ्रेबुअरीको बिहान (भोली)बाट मात्रै गर्ने जनाएको छ ।

के नतिजामा उलट–पुलट हुन सक्छ ?

सबैजसो एग्जिट पोल्सको नतिजामा आम आदमी पार्टी (आप) स्पष्ट बहुमतसहित पुनः सत्तामा दोहोरिने संकेत देखिन्छ । यता कांग्रेसलाई असाध्यै थोरै २ सिटसम्म प्राप्त हुने अनुमान गरिएको छ भने केन्द्रिय सत्तासीन भाजपाले ११ सीटसम्म ल्याउन सक्ने अनुमान गरिएको छ ।

तर एग्जिट पोल्सको नतिजा सधैं सर्वमान्य हुन सक्दैन् र हुँदैन् पनि, तथापि नतिजा त्यसको थोरै नजिक भने रहन्छ । तर भाजपाले भने नतिजा पुरै उलट पुलट हुने दाबी गरेको छ ।

भारतीय राजनीतिक विश्लेषक भावेश झा पनि एग्जिट पोल्सको नतिजाअनुसार अन्तिम नतिजा नआउन सक्ने सम्भावना दर्शाउँछन् । उनि दिल्लीका जनताले नयाँ अनुहार पनि खोजिरहेको बताउँदै चुनावमा फरक नतिजाको अनुमान लगाउँछ ।

फरक नतिजाको पछाडि भावेशले भोटिङ्ग मेसिनलाई पनि आधार मानेका छन् । उनले लोकसभा चुनाव, २०१९ मा आएको मतपरिणाम जस्तै दिल्लीले अर्को नेतृत्वलाई पनि खोजिरहेको हुनसक्ने अनुमान दर्शाए ।

उनले मेशिनभन्दा पनि मानिसहरुको मनोविज्ञान फेरिदैं गएको र एउटै नेतृत्वलाई स्वीकार गर्ने अवस्था नरहेको बताए ।

ईवीएम मेशिनमाथि किन प्रश्न ?

भारतीय चुनावमा पछिल्लो समय प्रयोगमा आएको ईवीएम मेशिनमाथि निकै प्रश्न उठ्ने गरेको छ । लोकसभा चुनाव २०१९को समय बिहार, हरियाँणा, पञ्जाव, चन्द्रौली, फतियाबादलगायतका राज्यमा मेशिनमाथि निकै प्रश्न उठाइएको थियो । त्यतिखेर मेशिन गाडीमा राखेर यता र उता गरिरहेको भन्दै राजनीतिक पार्टीहरुले विरोध जनाएका थिए । चुनावकै बेला पार्टीहरुले नतिजा फेरिने बताएका थिए ।

त्यतिखेर मेसिन सामान्य रुपले नै ह्याक गर्न मिल्ने भन्ने तर्कहरु समेत बाहिर आएका थिए । भारतमा ईवीएम मेशिनमाथि प्रश्न उठाउँदै निर्वाचन आयोग र अदालतमा समेत मुद्दा पनि दायर भएको छ । तर चुनाव आयोगले भने मेशिन ह्याक गर्न नमिल्ने दाबी गरिरहेको छ ।

मेसिन सामान्य रुपमै ह्याक

यसअघि मिशिगन युनिभर्सिटी, अमेरिकाका वैज्ञानिकहरुले मेशिन सामान्य रुपमै मोबाइलको प्रयोग गरि ह्याक गर्न सकिने तथय सार्वजनिक गरेका थिए । उनिहरुले एक तथ्य सार्वजनिक गर्दै मेशिनमा विशेष चिप्सको प्रयोग गरि मोबाइल सन्देशबाट तथ्यांक फेर्न मिल्ने दाबी गरेका थिए ।

यसअघि २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा गठबन्धनले भारी बहुमत ल्याउनुको पछाडि मेसिन ह्याक गरिएको भन्दै केहि ह्याकरहरुको समेत दाबी सार्वजनिक भएको थियो । भारतीय चुनाव आयोगले भने उनिहरुको दाबी गलत रहेको भन्दै आफुँहरुको मेसिन सहि रहेको र नतिजा ठिक भएको बताएका थिए । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies