Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ओमानसँग बदला लिने दाउमा नेपाल

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ । अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिरहेका छन्। विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फर्किएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाए । कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाए । अहिलेसम्मको खेलमा नेपालको ओपनिङ कमजोर देखिएको छ । नेपाल ओमानसितको खेलमा उक्त कमजोरी सुधार्ने प्रयासमा छ ।

अमेरिकासितको खेलमा नेपालले ४९ रनको स्कोर छँदा पाँच विकेट गुमाएको थियो । कुशल मल्ल र विनोद भण्डारीले नै खेलमा जितको आधार बनाएका थिए । कुशलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने विश्व कीर्तिमानसमेत बनाए । विनोदले ५९ रन बनाए । यसअघि पहिलो खेलमा ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो । नेपालले ओमानलाई दबाबमा राख्नका लागि २५० रनको स्कोर बनाउनुपर्ने छ । अनि मात्र आजको खेलमा ओमानलाई हराउन सकिने छ ।

नेपाल ब्याटिङका लागि ओपनर सुवास र ज्ञानेन्द्रका साथै पारस खड्का, विनोद भण्डारी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भर पर्नेछ । छ वटै खेलाडीले नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याउन सके ओमानलाई हराउन त्यति असहज हुनेछैन । यसका साथै नेपालको बलियो पक्ष बलिङ नै हो । ओमानसितको पहिलो खेलमा अन्तिम १० ओभरमा फितलो बलिङका कारण नेपाल हारेको थियो । अमेरिकासितको खेलमा भने नेपालले उत्कृष्ट बलिङ ग¥यो । अमेरिकाले स्कोर २९ रन छँदा पाँच विकेट गुमाएको थियो । करन केसीले चार विकेट लिए । यस्तै सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिए । ओमानसितको आजको खेलमा पनि अमेरिकासितको शनिबारको खेलमा जस्तै उत्कृष्ट बलिङ गर्न सके नेपालका लागि जित टाढा हुनेछैन । ओमानले हालसम्म आठ खेल खेलेको छ । उसले छ खेलमा जित तथा दुई खेलमा हारका साथ १२ अङ्क जोडेको छ । ओमान लिगको दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ । नेपालले भने हालसम्म खेलेको दुई खेलमा एकमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ ।

आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies