Khabar Dabali Logo
  August 13, Thu

भान्साको धाराबाट पानीको सट्टा मदिरा बग्न थालेपछि…

दिल्ली । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।

सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।

त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए। छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको पाइयो।

इनारनजिकै अधिकारीहरूले जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको पाइयो।

अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो। तर त्योपछि नजिकैको इनारमा पुग्न गएको रहेछ।

त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको रहेछ।

‘हामी त छक्कै पर्‍यौँ’

उक्त आवासीय भवनका मालिक जोशी मालिएक्कले बीबीसी हिन्दीका इमरान कुरेसीलाई भने, ‘हामी त छक्कै पर्‍यौँ।’

तर कडा गन्ध आएको पानी मानिसहरूले प्रयोग गरेनन्।

पिउन र कपडा धुन पानी नभएपछि समस्या पनि भयो। मालिएक्कलले भने, ‘बच्चाहरू विद्यालय जान पाएनन् र उनीहरूका आमाबाबु काममा जान पाएनन्।’

त्यहाँका बासिन्दाले उजुरी गरेपछि अधिकारीहरूले तुरुन्तै आफ्नो गल्ती सुधार्न काम थालिहाले। तर पानी तानेर इनार सफा गर्न महिनौँ लाग्ने देखिएको छ।

मालिएक्क लले भने, ‘अहिले दैनिक ५,००० लिटरजति पानी आपूर्ति गर्ने व्यवस्था गरिएको छ। तर त्यो त्यहाँ बस्ने सबैलाई पर्याप्त हुँदैन।’

सरोकारवाला निकायका अधिकारीहरूले बीबीसीको प्रश्नको उत्तर दिएका छैनन्।

केरला भारतमा सर्वाधिक मदिरा खपत हुने राज्य हो।

माघ २४ गते, २०७६ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीको प्रहरी हिरासतमा एक जनाको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु...   

भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह

काठमाडौंं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा...   

व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...   

‘सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट...   

कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...   

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सं‌ख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौंको ह्याम्स अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत एक जना कोरोना संक्रमित पुरूषको मृत्यु...   
कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा...   

साँखुमा एकै परिवारका तीन जनामा कोरोना सङ्क्रमण

काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top