Khabar Dabali Logo
  April 8, Wed

धरानमा हुने बूढासुब्बा गोल्डकप फागुन १० देखि

धरान । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो ।

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो प्रणाली नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिए । विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हुँदै आएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको कुरा भिएआरको माध्यमबाट थाहा पाउन सकिन्छ ।

माघ २३ गते, २०७६ - १३:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व...   

आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

साउदीमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुन सक्ने : स्वास्थ्य मन्त्री

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या...   

चीन तातोपानी नाका खोल्न तयार, अत्यावश्यक सामग्री पठाउन नाका सञ्चालनमा ल्याउने

सिन्धुपाल्चोक । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि...   

कोरोनाको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख दिइने निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा...   
बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म...   
आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि...   

भारतबाट एक सय ७३ मालबाहक गाडी भित्रिए

जनकपुरधाम । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते...   

मुलुकभर दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

काठमाडौ । सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई...   

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गरेका छन् । प्रधानन्यायाधीश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top