Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ललिता निवास जग्गा प्रकरणमा बाबुरामको प्रश्न : मन्त्री दोषी तर प्रधानमन्त्री कसरी निर्दोष ?

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाप्रति सशंय व्यक्त गरेका छन् । उनले जग्गा हिनामिना प्रकरणमा केहिलाई अख्तियारले मुद्दा अगाडि बढाएको भएपनि मुख्य दोषीलाई नै ढाक्न खोजिएको भन्दै मुद्दा प्रक्रियाप्रति नै सशंय व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले जग्गा हिनामिना प्रकरणमा तत्कालिन मन्त्री दोषी हुने तर प्रधानमन्त्री निर्दोष देखिने कुरा त्रुटिपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले अख्यिारको मुद्दा प्रक्रिया परिणाममुखीभन्दा प्रक्रियामुखी देखिएको पनि बताएका छन् ।

\"\"

सामाजिक सञ्जाल ट्विटरमार्फत ललिता निवास जग्गा प्रकरणबारे बोल्दै भट्टराईले अख्तियारको मुद्दा प्रक्रिया नै सशंयपूर्ण भनि टिप्पणी गरेका हुन् । ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ तर, प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ’ भट्टराईले भनेका छन्, ‘हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ, मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ।’

‘म विष पिउन तयार छु तर निर्दोष नफसाईयोस्’

भट्टराईले जग्गा प्रकरणमा दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने काम हुन नहुने बताएका छन् । उनले आफुँ ‘निलकण्ठ’ बन्न तयार रहेको बताउँदै दोषीलाई सत्ताको छहारीमा राखिने काम हुन नहुने टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले पनि असहजता महसूस गरेको छु ! सुर–असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’ बन्न तयार छु तर, दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् !’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies