Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीलाई वुहानबाट नेपाली विद्यार्थीको पत्र, हामी तपाई रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ, तर...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट एक नेपाली विद्यार्थीले पत्र लेखेकी छिन् । आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेको भन्दै वुहानमा रहेकी प्रमिला देवकोटाले पत्र लेखेकि हुन् ।

उनले सामाजिक संजालमा अपिलसहित पोष्ट गरेको पत्र यस्तो छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ।

तपाइहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरहेको मुरली हेरेर आफैलाई चिथोरीरह्यौं । हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौं। हामी यहाँ हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौं, हाम्रो घर फर्कने समाचारको आसमा।

त्यो समाचार त पाएनौं तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौं। हामी तपाई रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा हामीलाई लाग्दैन तपाईको मुटु त्यति कठोर छ। तर तपाईले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।

हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौं। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौं। यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउँछ।

अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।

देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईहरुले ? हामी यहाँ सोच्दैछौ कुनै दाता तपाइकाहाँ हामीलाई १४ दिन लगिदिने प्रस्ताव लिएर किन आइदिएन ?

त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउँने भन्दा बढी समय लगाउनुभयो। तपाईहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौ हामीले ? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ।

कुन समय आउँछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आस छ, हामी यहाँ सकुशल हुँदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरु आसमा अत्यासिएर बाच्न नपरोस्।

हामी वुहानमा अत्यासिएका नेपाली

\"\"
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies