Khabar Dabali Logo
  April 8, Wed

गोठमा आगलागी हुँदा महिलाको निधन

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ । यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

आव २०७६÷७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए ।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेकोे ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताए ।

माघ २१ गते, २०७६ - १५:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन जुन ३० तारिखसम्मका लागि स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका...   

एकातिर कोरोनाको सन्त्रास, अर्कातिर आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

कोरोना संक्रमणबाट बच्न लसुन, प्याज र मह खान उत्तर कोरियाको सल्लाह

एजेन्सी । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन...   
पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

काठमाडौं । पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन...   

सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा लकडाउनको पुर्णपालना

डोटी । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा...   

बोलाउँदा बहाना बनाउने एम्बुलेन्सलाई कारवाही

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा...   

कोरोना भाइरसको कारण पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा

काठमाडौं । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले...   

कोरोना नियन्त्रण अभियानको कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा...   

गण्डकी प्रदेश समाचार : ७२ वटाको कोरोना परीक्षण नेगेटिभ, आफूखुशी राहत वितरण गरे कारवाही

कास्की । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका...   

चैत्र शुक्ल चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ घटना

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top