Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना भाइरस प्रकोप : चीनमा फैलिएको महामारीबारे आएका अफवाह र मिथ्या समाचारको चिरफार

एजेन्सी । कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।

तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ।

महामारी सुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।

सुरुदेखि नै अनलाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अडकल गर्न थाले।

महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो।

एउटा भिडियोमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु ुकुखुराको मासुजस्तो स्वादिलोु भनेर टिप्पणी गरेको सुनिन्छ।

त्यस्ता भिडियोले अन्लाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए।

कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्दी व्यवहार भएको आरोप लगाए।

तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै।

सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन्।

अन्लाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्, \'मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ।\'

उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। अहिले उक्त भिडिओ अन्लाइनबाट हटाइएको छ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ।

चमेरो पनि भाइरसको सम्भावित स्रोतको भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ।

तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन। त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।

अमेरिकामा पनि यसको घटना पाइएसँगै थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले।

तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको सङ्केत गर्थे।

त्यस्तो आशङ्कापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन्।

हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन्।

इङ्ग्ल्यान्डस्थित पर्ब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ।

उक्त प्याटन्टको लिङ्क फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रूपबाट व्यापक रूपमा प्रसारित भयो।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पर्ब्राईट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन्।

उनले ट्वीटमा भनेका छन्। \'गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो ? के यो रोग फैलिने काम योजनाबद्ध थियो ? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन् ?\'

तर पर्ब्राईटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन। यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य एभीअन इन्फेक्शस ब्रोङ्काईटिस भाइरसको हो।

गेट्स फाउन्डेशनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिट्यूटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन्।

जैविक अस्त्रसम्बन्धी अफवाह

इन्टरनेटमा अर्को आधारहीन दाबी फैलिएको छ । अहिले फैलिएको कोरोनाभाइरस चीनको एउटा गोप्य जैविक अस्त्र कार्यक्रमअन्तर्गत बनाइएको थियो र वुहान भाइरोलजी इन्स्टिट्यूटबाट चुहिएको हुन सक्छ।

त्यस्तो दाबी गर्दा धेरैले इजरेलका एक पूर्वगुप्तचर अधिकारीको भनाइ उद्धृत गरिएको वाशिङ्टन टाइम्सका दुईवटा लेखलाई आधार मान्ने गरेका छन्।

तर तिनमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैनन्।

ती लेख सामाजिक सञ्जालमा लाखौँ पटक शेअर भएका छन्।

चिनियाँ औपचारिक अनुसन्धानअनुसार वुहानको समुद्री खाद्यबजारमा त्यो भाइरस पहिलो पटक भेटिएको थियो।

बीबीसी न्यूजले वाशिङ्टन टाइम्सको प्रतिक्रिया लिने प्रयास गरेको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies