Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अब के हुन्छ नेकपाको बैठकमा ? यस्तो छ तयारी !

काठमाडौं । गत १५ गतेबाट काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा हिजो शनिबार समुहगत छलफलका निचोडहरु राख्ने क्रम सकिएको छ ।

समुहगत र प्रादेशिक रिपोर्टहरुबाट उठेका प्रश्नहरुलाई कसरी सम्बोधन गर्ने भनेर आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ । यद्यपी ओली/प्रचण्ड आइतबार विहान कसरी जाने भनेर बसिरहेका छन् ।

बैठकले उठेका प्रश्नहरुको सम्बोधन गर्नेबारे योजना बनाउने बताइएको छ ।

‘बाहिर बोल्ने नेताहरु बैठकमा बोल ’
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीमा गुट रहेको र गुटको संचालन सचिवलायबाट भईरहेको आरोप लगाए । उनीहरुले गुट चलाउने र पार्टीको नीति र लाइन विपरित बोल्ने नेताहरुले केन्द्रीय समतिको बैठकमा जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।

भैसेपाटी भेलाबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको बालुवाटार भेलाबारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, फरकमत राख्दै आएका माधवकुमार नेपाल, पार्टी लाइन ‘जनताको जनवाद’ हूँदाहुँदै ‘जनताको बहुदलिय जनबाद’ को वकालत गरिरहेका वामदेव गौतम र इश्वर पोखरेल, पार्टीभन्दा बाहिर जथाभावि बोलेको आरोप लागेका भिम रावलसँग केही केन्द्रीय सदस्यहरुले जवाफ खोजेका छन् ।

जे भइरहेको छ ठिक भईरहेको छ
बैठकमा र बाहिर अभिव्यक्त धारणाहरुअनुसार अध्यक्ष ओली पक्षधर नेताहरुले सरकारको काम कारवाही, पार्टी संचालन तरिका ठिक भईरहेको तर्क गरिरहेका छन् । उनीहरुले एमसिसिको विषय मुद्धा नै नभएको र सिधै पास गर्नुपर्ने बताईरहेका छन् भने प्रचण्ड लगायतका अन्य नेताहरुले ओली विरुद्ध गुटबन्दी गरेको र अल्पमतमा पार्ने खल खेलिरहेका आशंका गरिरहेका छन् ।

बैठक र बाहिर सरकार र ओलीबिरुद्ध उठेका प्रश्नहरु विरोधिहरुको र ओलीका विपक्षमा रहेका पार्टीभित्रकै नेताहरुको षड्यन्त्र भएकोले उठेका प्रश्नहरु प्रश्नहरु नभएर षड्यन्त्र भएको उनीहरुको ठम्याई छ । उसो ओली पक्षका भनेर चिनिने संचारमन्त्री समेत रहेका गोकुल वास्कोटाले केन्द्रीय नेताहरुको सम्पत्ति छानविनबारे उठेको प्रश्नलाई दिएको जवाफ हेर्दा ‘पार्टी र सरकार’मा जे भईरहेको छ ठिक भईरहेका छ भन्ने बुझाईमा ओली पक्ष देखिन्छ ।

नेताहरुको सम्पत्ति छानविनको जवाफ दिँदै बास्कोटाले भने– सम्पत्ति छानविन हुँदैन । नेकपाका एक नेताले बास्कोटाको भनाइमाथि भने,–‘यो विषय बास्कोटाको क्षेत्राधिकार होइन, उनको मैमत्तपन हो ।’

सच्चिनुपर्छ, सुधार्नुपर्छ
ओली इतरका अन्य नेताहरुको भने भनाई फरक छ । बैठकमा उठेका विषयहरु मनोरन्जनका लागी उठाइएको होइन । तिनलाई गम्भिरतापूर्वक ध्यान दिईनुपर्छ र ति सहि पनि छन् ।

समुहगत छलफलमा एकजना टोली नेताले भने, –सरकारको लोकप्रियताको मापन सरकारी सुचांकमा होइन, जनताको मनको सूचांकमा खोज्नुपर्छ । यसले के बताउँछ भने उनीहरु पार्टी र सरकाका काम कारवाहीसँग खुश छैनन् ।

एमसिसि, सिमा समस्या, राजनीतिक नियुक्ति, पार्टी संचालन प्रक्रियाका बारेमा पार्टीले सोचबिचारपूर्ण निर्णय लिनुपर्छ । यसो नभए पार्टी र सरकारको आयु छोटिन्छ ।

टोली नेता राजेन्द्र राईले त भनिहाले–नेकपा देख्दा विरत्ता लाग्छ । कमाण्डलु बोकेर माग्न हिँडु जस्तो लाग्छ ।

ओली अनुपस्थित
बैठकको उद्घाटनसत्रमा झण्डै २ घण्टा सरकार र पार्टीको बचाउमा उत्रिका ओली निस्केर हिडेपछि बैठकमा फेरी पुगेका छैनन् । उनले बैठकको बहस प्रत्यक्ष सुनेका छैनन् र सदस्यहरुको मतमाथिको जोडकोण बुझेका छैनन् । तर बालुवाटार स्रोत भन्छ– बैठकमा अनुपस्थित भएपछि ओलीले सबै कुरा सुनेका छन् र बुझेका छन् । उनले दैनिक रिपोर्ट लिईरहेका छन् ।

अप्ठ्यारोमा प्रचण्ड
नियमित बैठकको अध्यक्षता गरिहेका प्रचण्डले सबैका कुरा सुनेका छन् । स्वंय उनी आफै एमसिसिसँग सहमत छैनन् । पार्टी र सरकार संचालनका प्रश्नहरुसँग सदस्यहरुसँग नजिक देखिन्छन् ।

तर ‘प्रश्नहरु नै होइन र जे भईरहेको छ ठिक भईरहेको छ’ ओली पक्षको वाकालत र सदस्यहरुको प्रश्नको सम्बोधन कसरी गर्ने भनेर उनी असम्नजस्यतामा देखिन्छन् । प्रचण्डनिकट एक नेता भन्छन्–असन्तुष्टहरुलाई समेट्नुपर्ने र असन्तुन्तुष्टहरुसँग नै असन्तुष्ट रहेको पक्षलाई पनि मिलाउनुपर्ने अप्ठ्यारोमा उनी छन् ।

उनी माथि पनि प्रश्न भने छ, – वामदेव निवास भैसेपाटी भेला गरेको र गुट चलाएको आरोप उनीमाथि छ । तर उनीमाथि सदस्यहरुको आशा छ–प्रचण्डले अप्ठ्याराहरु सुन्न सक्छन् ! तर सरकार लगायत कतिपय विषयमा उनी ओलीजत्तिको जवाफदेहि हुन सक्दैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies