Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सावधान ! कतै कोरोना भाइरसबारे इन्टरनेटमा सर्च त गर्नुहुन्न ?

एजेन्सी। चीनबाट फैलिएको यो भाइरसको कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटको घोषणा गरिसकेको छ ।नयाँ खालको संक्रमण भएकाले पनि धेरैले यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे इन्टरनेटमा खोजी गर्न थालेका छन् ।

इन्टरनेट प्रयोगकर्ताको यही चासोलाई केही ह्याकरहरुले ठूलो अवसरका रुपमा लिन थालेका छन् । साइबर क्रिमिनल्सहरुले कोरोना भाइरसबाट बच्ने तरिका, संक्रमण लागेका व्यक्तिहरुमा देखिने लक्षणजस्ता आकर्षक शीर्षक राखेर विभिन्न प्रकारका सामग्री इन्टरनेटमा राखेका छन् ।

साइबर सेक्युरिटी फर्म ‘कास्परेस्की’ का अनुसन्धानकर्ताहरुले कोरोना भाइरससँग सम्बन्धित जानकारी र सुरक्षा टिप्सका नाममा साइबर अपराधीहरुले खतरनाक फाइलहरु इन्टरनेटमा राखेको जनाएका हुन् ।

इन्टरनेट प्रयोगकर्ताले कोरोना भाइरससम्बन्धी सामग्री खोजी गर्दा ती खतरनाक सामग्रीसम्म पुग्ने र ती सामग्रीमा रहेका पिडिएफ फाइल, एमपी–फोर र डक्स फाइलमा रहेका ‘मेलिसियस’ फाइल कम्प्युटर तथा मोबाइलमा प्रवेश गरी पर्सनल डाटा चोरी गर्न वा क्षति गर्न सक्ने कास्परेस्कीका अनुसन्धानकर्ताको दावी छ ।

कोरोना भाइरससम्बन्धी इन्टरनेटमा राखिएका केही सामग्रीमा उक्त भाइरसबाट बच्ने उपाय भन्दै भिडियो निर्देशसमेत गरिएको, कोरोना भाइरससम्बन्धी पछिल्लो अपडेट र त्यसबाट बच्ने तरिका भन्दै विभिन्न सामग्री राखिएको कास्परेस्कीका मालवेयर विश्लेषक एनटन इभानोभले बताए । ‘हामीले कम्तीमा १० वटा त्यस्तो फाइल फेला पारेका छौँ जसमा निकै खतरनाक ट्रोजन भाइरस थिए,’ उनले भने, ‘ती भाइरसका माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको डाटामा नोक्सान पुग्ने, ब्लक गर्ने, मोडिफाइ या कपी गर्नेदेखि लिएर कम्प्युटर नेटवर्क र अपरेशनमै परिवर्तन ल्याउन सक्ने क्षमता देखिएको छ ।’

कास्परेस्कीले इन्टरनेट प्रयोगकर्तालाई त्यस्ता संदिग्ध फाइलमा पुग्नबाट बच्न सचेत गराएको छ । कुनै अपरिचित वा समवेदनशील लिङ्कमा ‘क्लिक’ नगर्न पनि उसले सुझाव दिएको छ ।

विश्वभर कोरोनाको लक्षण र यसबाट बच्ने तरिका जान्नका लागि गुगलको सहयोग लिनेको संख्या बढ्दो छ । यही मौकालाई साइबर अपराधीहरुले खतरनाक भाइरसका माध्यमबाट कम्प्युटर तथा मोबाइलका डाटा चोर्ने अवसरका रुपमा प्रयोग गर्न सक्ने भन्दै गुगलले हालै एसओएस अलर्ट फिचर नै लञ्च गरेको छ । यसका माध्यमबाट कोरोना भाइरसका बारेमा खोजी गर्दा प्रयोगकर्ताहरु सोझै विश्व स्वास्थ्य संगठन र आधिकारिक स्रोतबाट दिइएको जानकारीसम्म पुग्न सक्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies