Khabar Dabali Logo
  April 6, Mon

जनमतबाट फेरी सत्तामा आउने आत्मविश्वास सरकारमा छैन

हाम्रो संविधानको भाग ३ को मौलिकअन्तर्गत ३१ वटा मौलिक हकलाई सुनिश्चित गरेको छ । ती मध्ये सञ्चारको हक र गोपनियताको हक महत्वपूर्ण मौलिक हक अन्तर्गत पर्दछन् । पहिलो कुरा त सूचना तथा संचारको हक अन्तर्गत बोल्ने, लेख्ने, विरोध जनाउने, असहमति राख्ने, विचार राख्ने जस्ता सम्पूर्ण मौलिक हकको संविधानले प्रत्याभूति गरेको छ । जुन सरकारले ऐन बनाएर कुण्ठित गर्न खोज्दै छ ।

अर्को, गोपनियताको हक अन्तर्गत हाम्रो आफ्ना निजि मामिला छन् । घरेलु मामिला हुन्छ यी मामिलाहरुलाई पनि विधेयकले कुण्ठित गरेको छ । यस हिसाबले सरकार संविधानले ज्ञारेन्टी गरेको हकलाई विस्तारै अंकुस लगाउन खोजिएको छ । सरकारले संविधानका भावनालाई कुल्चिएर होइन, अक्षरस पालना गर्दै जानु पर्छ । सरकार संविधानको संरक्षक पनि हो । तर, यसलाई पालना गर्नुको सट्टा मुल कानूनसँग बाझिने गरी अन्य कानून बनाएर जनताको मौलिक हकमाथि सरकारले आफ्नो निरंकुशता थोपर्न लागेको छ । संविधानको भावना विपरित सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा प्रतिकुल प्रावधान रहेका छन्, त्यसलाई तत्काल सच्याउनु पर्छ । विधेयक जस्ताको तस्तै पारित गर्नु हुँदैन ।

अहिले सरकारको ध्यान जनताको रोजिरोटी तिर छैन । सिमा समस्या समाधानतिर छैन । आर्थिक अभिबृद्धितिर छैन । बिकासको मोडालिटि तय गर्ने, भौतिक पूर्वाधार विकासतिर छैन । उसको ध्यान भनेको सबै संवैधानिक अंगहरुलाई निष्कृय बनाउने, मिडिया र सामाजिक संजालमा सेन्ससिप लगाउने र सम्पूर्ण शासकीय अधिकार आफुमा निहित राख्ने रणनीतिमा सरकार देखिन्छ । यस हिसाबले सरकार निरंकुशता लाद्ने तर्फ गएको छ । यो चिन्ताको विषय हो । यसले भविष्यमा लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रतामाथि ठुलो अनिष्ट हुने देखिन्छ ।

अब ढिलो नगरी सरकारलाई निरंकुश बनाउने हिसाले ल्याइका ऐन कानून विरुद्ध नागरिक समाज, पत्रकार, राजनीतिकर्मी, पेशागत संगठनहरु सडकमा आउनु पर्छ । सरकारको निहत ठिक छैन । लोकतन्त्रको खोल ओडेर अँध्यारोमा हिंसा गर्न चाहिरहेको छ । सरकारले बाहिर आबरणमा आफुलाई लोक्तान्त्रिक पार्टीको दावी गरिरहे पनि अन्तर्यामा उसको सोच एक दलीय तानाशाहा र निरंकुश चरित्र बोकेको छ । सरकारले लोकतन्त्रका सबै खम्बाहरुलाई ध्वस्त पारी आफु अनुकुलको निर्देशित प्रजातन्त्र लाद्ने अभिष्ट बोकेको छ ।

संसारका कुनै मुलुकले पनि समावेशी लोकन्त्रलाई हत्याउन, सिध्याउन सक्दैन । त्यसो हुनाले कानूनीरुपलेनै विस्तारै सबै हक अधिकारहरु कुण्ठित गर्दै लाने उसको मनसाय रहेको छ । भ्रष्टचार नियन्त्रण गर्ने निकाय अख्तियार कानूनीरुपले सशक्त रहे पनि उ आफै सरकारको लाचार छायाँ बनिरहेको छ । सरकारले अख्तियारलाई थप भूमिका बिहिन बनाउने उदेश्यले सातै प्रदेशका मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयलाई अख्तियारे छानबिन गर्न नमिल्ने प्रावधानसहित विधेयक संसदमा पठाएको छ । यो पूर्ण प्रजातन्त्रको भावनाको प्रतिकुल हो । राज्यमा भएको कुनै पनि निर्णय अख्तियारले हेर्न पाउनुपर्छ । विश्वव्यापी पूर्ण प्रजातन्त्रको अभ्यास भएको देशहरु अमेरिका, युरोपदेखि भारतसम्म राज्यले गरेको निर्णयमाथि छानविन र कारवाही हुन्छ । प्रदेश सरकारले गरेकोमात्रै होइन केन्द्र सरकारले गरेको निर्णयमाथि पनि छानविन हुनुपर्छ ।

जनताकोबीचमा लोकप्रिय भएर जाने सरकारको आत्मविश्वास छैन । सरकार जसरी हुन्छ राज्य संयन्त्रको दुरुपयोग गर्ने, संवैधानिक अंगलाई निष्कृय बनाउने, राज्यकोषको दोहन गर्ने र बलपूर्वक राज्य सत्ता कब्जा गर्ने रणनीतिमा सरकार रहेको छ । त्यसैले सरकारले सबै कानून, संवैधानिक अंगहरुलाई कस्दै गइरहेको छ । त्यसकारण राज्यको स्वैच्छाचारितालाई हामी किमार्थ स्वीकार्न सक्दैनौं ।

सरकारको स्वैच्छाचारीको विरोधमा प्रतिपक्ष दल नेपाली काँग्रेस जसरी सदन र सडकमा जसरी प्रस्तुत हुनुपथ्र्यो । काँग्रेस आफ्नै घर झगडाको कारण प्रस्तुत हुन सकेको छैन । यो कमजोरी काँग्रेसले स्वकार्नु पर्छ । संख्यामा हामी कमजोरी भएपनि जनताको एजेण्डाकोहिसाबले जसरी भूमिका खेल्नुपर्ने हो त्यहाँ चुक्यौं भन्ने लाग्छ । तर, कहिले काहिँ प्रतिपक्षदलको प्रयन्तलेमात्रै पुग्दैन यसमा नागरिक समाजको पनि उत्तिकै भूमिका हुनुपर्छ । विभिन्न दवाव समूह पनि थपिनु पर्छ । अब छिट्टै नागरिक समाज पनि सूचना प्रविधिको विरोधमा सडक संघर्षमा आउँदै छन् ।

कहिले काहिँ सरकार तानाशाही हुँदै गयो भने प्रतिपक्षको प्रयत्न प्रयाप्त हुँदैन । सरकारका गल्तिहरुको समुल नष्ट गर्न सम्र्पूण नागरिक समाज संगठित भएर लड्नु पर्छ । विश्वव्यापी प्रजातान्त्रिकरणको जुन किसिमको लहर छ यस्तो बेलामा कुनै एक राजनीतिक दलले बहुमत ल्यायो भन्दैमा लोकतन्त्रलाई समाप्त पार्न सक्दैन । लोकतान्त्रिक संविधानलाई आफ्नो अधिनमा राख्ने प्रयत्न गरेपनि त्यो सम्भव छैन ।

(लेख नेपाली कांग्रेसका नेता घिमिरेसँग गरिएकाे कुराकानीमा आधारित छ)

माघ १६ गते, २०७६ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसको औषधी छैन् तर कसरी निको भईरहेछन् संक्रमित ?

कोरोना भाइरसको औषधी छैन् तर कसरी निको भईरहेछन् संक्रमित ?

काठमाडौं । विश्वभर हालसम्म करिब १३ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन् । कोरोना भाइरसकै कारण हालसम्म...   

नेताहरुको निरन्तर दबाबपछि ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा शीर्ष नेताहरुको निरन्तर दबाबपछि पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले...   
देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

काठमाडौं । नेपालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता...   
बाबुराम भट्टराई र प्रदीप गिरीले सुरु गरेको अभियानप्रति मन्त्री योगेश भट्टराईले किन जनाए आपत्ति ?

बाबुराम भट्टराई र प्रदीप गिरीले सुरु गरेको अभियानप्रति मन्त्री योगेश भट्टराईले किन जनाए आपत्ति ?

काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस नेता प्रदिप गिरिलगायतले कोरोना महामारीविरुद्व...   
गलत हेडलाईन राखेर प्रचार गरिएको भन्दै कांग्रेस नेता महतद्वारा आपत्ति, चुनावको माग नगरेको प्रष्टोक्ती

गलत हेडलाईन राखेर प्रचार गरिएको भन्दै कांग्रेस नेता महतद्वारा आपत्ति, चुनावको माग नगरेको प्रष्टोक्ती

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो भनाईको गलत अर्थ लगाउने गरि हेडलाईन...   
कोरोना देखिएसँगै चीनबाट साढे चार लाख मानिस अमेरिका भित्रिएको खुलासा

कोरोना देखिएसँगै चीनबाट साढे चार लाख मानिस अमेरिका भित्रिएको खुलासा

काठमाडौं । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । कोरोनाबाट संक्रमित हुने र मर्नेहरुको...   
कोरोनाविरुद्धकाे भ्याक्सिन बनाउने दौडमा अमेरिका र चीन, को कहाँसम्म पुगे ?

कोरोनाविरुद्धकाे भ्याक्सिन बनाउने दौडमा अमेरिका र चीन, को कहाँसम्म पुगे ?

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर आक्रामक रुपमा बढ्दो छ । हालसम्म १२ लाखभन्दा बढि...   
भारतमा कोरोनाबाट मर्नेको संख्या १०९, आइतबार मात्रै ४ जनाले ज्यान गुमाए

भारतमा कोरोनाबाट मर्नेको संख्या १०९, आइतबार मात्रै ४ जनाले ज्यान गुमाए

काठमाडौं । भारतमा कोरोना भाइरसको कारण आइतबार मात्रै चार जनाले ज्यान गुमाएका छन् । भारती सञ्चार माध्यम...   
कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

काठमाडाैं । के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ?...   

कोरोना संक्रमणको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top