Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘नेपालको कम्युनिष्ट आन्दोलन विश्वले सिक्ने अवस्थामा छ’

आन्दोलनलाई यस महान् अवस्थासम्म ल्याइपुर्याउन योगदान गर्ने सहिदहरुलाई सम्झनुपर्दछ । आन्दोलन क्रममा अत्यन्तै ठूलो संख्यामा बलिदानी भएको छ । जीवन आहुती दिने, अंगभङ्ग हुने, घाइते हुने, पारिवारिक अवस्था छिन्नभिन्न हुनेजस्ता पीडाहरु भोगेका योद्धाबाट आन्दोलन यहाँसम्म आईपुगेको हो ।

संस्थापक पुष्पलालदेखि विभिन्न समयमा विभिन्न नेताहरुले वैचारिक र सांगठनिक हिसाबले असाधारण र महत्वपूर्ण योगदान गर्नुभएको छ । यो सन्दर्भमा हामी मदन भण्डारी, मनमोहन अधिकारीलगायतका थुप्रै नेताहरुलाई सम्झन्छौं ।

७१ वर्षे कम्युनिष्ट आन्दोलन

हामीसँग निर्वाचन, सरकार सञ्चालन, लडाईं, आन्दोलन अनेक प्रकारका संघर्षका अनुभव छन् । हामीले पाएका र गुमाएका अनुभव धेरै बटुलेका छौं । यहाँसम्म आइपुग्दा सफलताका अनुभव पनि निकै संगालेका छौं । हामीले निकै लामो समय प्रतिबन्धित अवस्थामा पनि राजनीतिक भूमिका निर्वाह गर्यौं ।

कहिले सरकार सञ्चालन त कहिले प्रतिपक्षमा बसेर पनि अनुभव बटुल्यौं । सरकारमा सहभागि भएर या सरकारको नेतृत्व गरेको पनि हामीले अनुभव लिएका छौं । हामीले अल्पमतका सरकार, अरुसँग मिलिजुलीका सरकार, बहुमतका आधारमा बनेका सरकारको पनि अनुभव गरेका छौं ।

हामीले पार्टी स्थापनाको ७१ वर्षमा विभाजनका पीडा धेरै भोगेका छौं । साथै एकताका र सफलताका सुखानुभूति र उपलब्धिहरु पनि हाँसिल गरेका छौं । हाम्रो आन्दोलनले देशभित्रका सफलता र असफलता मात्रै होइन् अन्तराष्ट्रिय क्षेत्रका कम्युनिष्ट आन्दोलन र विभिन्न समाजवादी आन्दोलनका उतार–चडाबहरु पनि देखेको छ । हामीले त्यसका अनुभव पनि निकै बटुलेका छौं । तसर्थ हाम्रो आन्दोलन एउटा समृद्ध आन्दोलन हो ।

हामीले कम्युनिष्ट आन्दोलन मात्रै होइन् लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनका सफलता र असफलता पनि भोगेका छौं । तिब्र गतिमा परिवर्तन भईरहेको २० औं सताब्दी र एक्काइसौं सताब्दीको विज्ञान प्रविधि र सञ्चार यातायातको विकासको अवस्था पनि देखेका छौं । अत्यन्तै तिब्र विकास र त्यसले समाजमा पारेको प्रभावसँगै आएका उपलब्धिहरु र त्यसबाट समाजमा परेको असरबारे पनि हामीले अनुभव संगालेका छौं । हाम्रो आन्दोलन समाजका यी विविध पक्षलाई देख्दै समिक्षा गर्दै यहाँसम्म आइपुगेको छ ।

अहिले नेपाल कम्युनिष्ट पार्टी विभिन्न उतारचढाव झेलेर एकिकृत पार्टीको रुपमा उठेको छ । जहाँबाट स्थापना भएको थियो त्यहि एकिकृत पार्टीको रुपमा आज हामी उभिएका छौं । बीचका विभाजनका पीडाहरुलाई, ति विभाजनले भोगेका असफलताका पीडालाई भोगेर नै हामीले एकताबद्ध पार्टी बनाएका हौं । यो कुनै आकस्मिक रुपमा तय गरिएका विषय होइनन् ।

हामीले अहिले पार्टी एकताका मुख्य आधारहरु वैचारिक, सांगठनिक, व्यवहारिक विषयलाई एकताबद्ध गराएर अन्य कुरालाई मिलाउँदै जाने गरि पार्टीलाई एकताबद्ध गराएका छौं । र आज एकिकरणको कार्य लगभग निष्कर्षमा पु¥याएका छौं ।

सरकार हाँसिल गरेका असाधारण उपलब्धी तर विरोध

अहिले हामी संसद नेतृत्वमा छौं । केन्द्र र तीनै तहमा सरकार सञ्चालन पनि गरिरहेका छौं । संविधान कार्यान्वयनको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण उपलब्धिहरु हामीले हाँसिल गरेका छौं । हाम्रो नेतृत्वमा संविधान कार्यान्वयनको सन्दर्भमा थुप्रै कामहरु भएका छन् ।

कतिपय अस्पष्टताबीच आलोचना भएका छन् । हो सरकारबाट पनि कमी कमजोरी भएका हुन सक्छन् । अपेक्षा गरेजति काम नभएको हुुनसक्छ किनभने सन्तोष गरेर हामी बस्न सक्दैनौं । हामी काम नगरी बसेका या उपलब्धि हाँसिल नगरी बसेका होइनौं । हामी उपलब्धि हाँसिल गर्ने सबालमा पछाडि परेका छैनौं । निर्वाचनभन्दा पछि र ति दुई वर्ष हामीले असाधारण उपलब्धि प्राप्त गरेका छौं ।

अहिले हाम्राविरुद्ध डरलाग्दो गरि प्रचार आक्रमण छेडिएको छ । यो सन्दर्भमा हामी वादविवादबाट होइन् हाम्रा कामका परिणाम र नतिजाहरुबाट प्रतिवाद र जवाफ दिँदै आएका छौं । हामी जवाफ दिन डराउने ठाउँमा छैनौं ।

लोकतन्त्रप्रतिको हाम्रो निष्ठाप्रति प्रश्न उठाउने गरिएको छ । आज हाम्रो पार्टीको नामको कारणले कतिपयमा वैचारिक पूर्वाग्रह पनि हुनसक्छ । हामी वैचारिक आग्रह, पूर्वाग्रहका कुराभन्दा माथि उठेर एक्काइसौं शताब्दिमा मानव जातिले प्राप्त गरेका उपलब्धिहरु, मुल्य मान्यताहरु तिनिहरुको दाँजोमा तिनिहरुको कसिमा आफुँलाई प्रस्तुत गर्न चाहन्छौं ।

संयुक्त राष्ट्र संघले भनेका उच्च मापदण्डहरु या अरु अन्तराष्ट्रिय जगतले निकालेका अत्याधुनिक राजनीतिक तथा सामाजिक प्रणालीसँग हामी प्रतिस्पर्धा गर्न चाहन्छौं । त्यस कसिमा हामी अगाडि बढ्न चाहन्छौं । हामी निःसन्देह त्यस मापदण्डमा हामी अगाडि छौं ।

राजनीतिक स्पष्टता

लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली र त्यसअन्तर्गतका प्रक्रियाहरु, मानवअधिकार र स्वतन्त्रताको प्रश्नलाई हामीले आदर्शकै रुपमा अंगिकार गरेका छौं । आज हामी शान्तिपूर्णं ढंगले परिवर्तन गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं ।

नेपालको राजनीतिमा विभिन्न पार्टीले विभिन्न समयमा हतियार उठाएका छन् तर पछि निष्कर्ष ति शान्तिपूर्ण बाटोमा आईपगेका छन् । नेपाली कांग्रेसले २००७ सालमा हतियार उठायो, कम्युनिष्टले २०२८/०२९ सालमा हतियार उठायो । २०३१ सालमा उठायो । विभिन्न समुहले समय–समयमा हतियार उठाए । त्यसका सान्दर्भिकताका बारेमा बहस गर्न सकिएला ति कति आवश्यक या अनावश्यक भन्ने बहस हुनसक्छ । नेपालको राजनीति नेपालको ट्रेनअनुसार नै शान्तिपूर्ण बाटोमा आएको छ । सहमतिका अगाडि बढ्ने आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अगाडि आएको छ ।

अन्तराष्ट्रिय मुल्य मान्यता अनुसारका राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषताहरु जुन विशेषतालाई हामीले ‘जनताको जनवाद’ भन्ने नामाकरण गरेका छौं । नेपाली समाजको परिवर्तनको सन्दर्भमा बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, स्वतन्त्र न्यायलय, सार्वभौम सत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकीकरणका सिद्धान्त कार्यकारिणीभित्र पनि विभिन्न ढंगले शक्ति विकेन्द्रिकृत र विभाजन गर्ने परिपाटीलाई हामीले अगाडि बढाएका छौं । त्यसलाई अंगिकार गरेका छौं ।

हाम्रो सन्दर्भमा प्रेस स्वतन्त्रता र प्रेसका हकका विषयमा प्रश्न उठ्नु वास्तवमा निरर्थक कुरा हो । प्रेस स्वतन्त्रताको पक्षमा हामीले निकै लामो लडाईं लडेका छौं । हामीले आफ्नो विश्वास र आदर्शको रुपमा मानवअधिकारको विषयलाई अपनाएका छौं । त्यसैकारण लोकतन्त्रलाई हामीले पूर्णं प्रजातन्त्रको रुपमा जहाँ राजनीतिक अधिकारको मात्रै प्रश्न होइन् सामाजिक, सांस्कृति र आर्थिक अधिकारको कुरा पर्दछन् । हामीले न्यायसहितको आर्थिक अधिकारको कुरा गरेका छौं । हामीले सबैको लागि सुरक्षित र शान्तिपूर्ण समृद्ध समाजको कल्पना गरेका छौं ।

वैचारिक संक्रमण र भावी यात्रा

हामी अहिले वैचारिक संक्रमणमा छौं । आगामी दिनमा हामी वैचारिक कुरालाई स्पष्ट गरेर अगाडि जानुपर्दछ । गन्तव्य र बाटोबारे स्पष्ट नभई हामी अगाडि बढ्न सक्दैनौं । अहिले वैचारिक कुरामा हामी एकदमै स्पष्ट हुन आवश्यक छ । म कमरेडहरुलाई विगतका कुरालाई होइन अहिलेका यथार्थतालाई हेरेर धारणा बनाउन आग्रह गर्न चाहन्छु । हामी अहिले ‘आइडोलोजिकल’ पूर्वाग्रहको चपेटामा पनि छौं । त्यस कुरालाई पनि बुझ्नुपर्छ । त्यसबाट हच्चिने होइन् त्यसलाई व्यवहार र तर्कबाट पराजित गर्नुपर्दछ । हामी असफल हुने बाटोमा होइन् सफल हुने बाटोमा हिड्नुपर्दछ ।

भावनामा बगेर क्रान्ति र परिवर्तन हुँदैन् । यथार्थलाई बुझेर मात्रै हामीले सफलता प्राप्त गर्न सक्छौं । त्यसकारण कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, कतिपय आकर्षक कुराहरु मात्रै होइन् ति गन्तव्यमा कसरी पुग्न सक्छौं त्यसलाई ध्यान दिन आवश्यक छ ।

कुनै बेला हामीलाई निकै क्रान्तिकारी कुरा गर्न मन लाग्छ तर यथार्थ फरक हुन्छ । हामी यथार्थबाट अगाडि बढेर हाम्रो क्रान्तिको स्वरुपलाई हामीले बुझेर अगाडि जान जरुरी छ । हाम्रा अभिव्यक्ति र विचारहरुले जनता त्रसित र भ्रमित हुने स्थिति पैदा हुनु हुँदैन् । जनतालाई सचेत र स्पष्ट बनाएर अगाडि बढ्न प्रेरित गर्नुपर्दछ । हामीलाई त्यस्तो नीति चाहिएको छ ।

समृद्धि तर्फको यात्रामा एकताबद्ध हुन आवश्यक

आज हामीलाई दुनियाले अत्यन्तै ध्यान दिएर हेरेको छ । कारण हामी युद्व तथा अन्य आन्दोलनबाट नभई चुनावी प्रक्रियाबाट सरकारमा पुगेका हौं । जुन विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि फरक उदाहरण हो । हामीले चुनावी प्रक्रियाबाट जनताको मन जितेर करिब दुई तिहाईको सरकार बनाएका छौं । यो हाम्रो लागि अत्यन्तै सफलताको कुरा हो । यो सफलतापूर्वक अगाडि बढेको छ र अगाडि बढ्छ पनि ।

तिव्र आर्थिक बृद्धि गर्ने १० देशमध्ये एकमा पर्यो भनेर अहिले मूल्यांकन भएको छ । त्यो साँचो हो । हामी तिव्र आर्थिक बृद्धि गर्ने देशहरुमध्ये पहिलो नम्बरमा हुन सक्छौं । त्यसका लागि केहि आधारहरु तयार गर्नुपर्ने हुन्छ । हामी पहिलो नम्बरमा पनि जाने आधारहरु प्रष्ट छन् ।

हामीसँग खानी, पेट्रोल र उर्जाको व्यापार तिर बल्ल जान खोज्दैछौं । यस आर्थिक वर्षभित्र उर्जा उत्पादनमा हामी आत्मनिर्भर हुँदैछौं । माथिल्लो तामाकोशी आएपछि हामी आत्मनिर्भर हुनेछौं । जब हामी उर्जा, फलाम, अटोमोबाइल्सका सामाग्रीहरु निर्यात गर्न थाल्दछौं हाम्रो आर्थिक अवस्था धेरै फरक हुनेछ । हामी पेट्रोलियम पदार्थको खोजीमा छौं । यदि प्राप्त भयो भने हामी आर्थिक रुपमा निकै सम्पन्न हुन्छौं । यदि त्यो भएन भने पनि हामीसँग अन्य विकल्प रहनेछन् । हामीसँग जलस्रोतको सम्पदा प्रचुर मात्रामा छ ।

हामी छिट्टै व्यापार सन्तुलन गर्नेगरि आत्मनिर्भर देशको रुपमा विकास हुन्छौं । सबल र दिगो अर्थतन्त्र विकास गर्ने विषय हामीसँग छ । हामी साना तिना कुरामा अल्झिने अवस्था छैन् । हामी सरकार या पार्टीको नेतृत्व गर्नेसँग केहि आलोचना होलान् तथापि यो ऐतिहासिक अवसरलाई गुमाउने अवस्था छैन् ।

हाम्रो आन्दोलनलाई समृद्धितिर अगाडि लैजानु अहिलेको आवश्यकता हो । हामी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन् । हामीसँग ऐतिहासिक बलियो पार्टी र जनमत भएको सरकार छ । त्यसकारण हामी एक भएर अगाडि बढ्नुको विकल्प छैन् । हामीभित्र अन्यौल हुनुहुँदैन् । हामी अगाडि जान्छौं भन्ने कुरा स्पष्ट हुनपर्छ । अब खान नपाउने, लाउन नपाउने, आवास विहिन नेपाली हुनुहुँदैन् । अधिकार विहिन नेपाली हुनुहुँदैन् । अब हामी त्यो यात्रामा जानु पर्दछ ।

(बुधबारदेखि सुरु सत्तारुढ नेकपाको केन्द्रिय समिति बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले गरेको सम्बोधनको केहि अंश)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies