Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राराको सुन्दरताबाट नलोभिने को होला र ?

दाङ । गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी थिए। उनी भन्छन्, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफूलाई निकै सन्तुष्टि भएको छु ।”

श्रीमती र छोरीसँगै पुगेका रेग्मीले एक दिन ताल क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए यसको सुन्दरता देख्दा स्वर्गकी अप्सरा उपनामभन्दा पनि कम नहुने रहेछ भने । यहाँले यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको नेपालकै ठूलो तथा गहिरो ताल रारालाई विश्वका विभिन्न मुलुकमा चिनाउन र स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि यसलाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गराउन सके यसले कर्णालीकै मुहार फेरिने रहेछ भने ।

नेपालगञ्जबाट मात्र होइन, दाङको तुलसीपुरबाट पनि रारा ताल अवलोकन तथा घुम्न पुग्नुभएका २२ वर्षीय नविन अधिकारी पनि निकै खुशी थिए। उनले तालमा जलविहार, ताल क्षेत्रबाहिर घोडाबाट सवार गर्दा निकै आनन्द आएको बताए ।

रारा ताल घुम्न जानका लागि घरमा बुबाआमालाई प्रस्ताव राखे शुरुमा उनीहरुले अहिले जाडोको समय शुरु भइसक्यो जानहुन्न भन्नुभयो, “त्यहाँ धेरै हिउँ पर्छ, चिसो हुन्छ, अर्र्को सिजनमा जाउँला भन्नुभयो । मैले ढिपी गरे बुबाआमासँगै यहाँ आई ताल घुम्न पाए । ताल निकै सुन्दर रहेछ । जाडोको कुनै महसुस नै भएन ताल देख्दा यात्राको थकान सबै मेटियो ।”

रारा ताल अवलोकनका लागि पुगेकी बर्दियाकी ४६ वर्षीया शिक्षिका कमला चापागाईंले यो ताल हाम्रो अद्वितीय सम्पत्ति भएको र यसको संरक्षण र संवद्र्धनका लागि सबै लाग्नुपर्ने बताइन् । उनले यति सुन्दर तालको बयान कसरी गरुँ शब्दै छैनन् । तालसम्म आउन लामो कच्ची जोखिमपूर्ण बाटोबाट मिहिनेतका साथ आउनुपर्ने रहेछ तर यहाँ आइपुगेपछि सबै थकान नै मेटिन्छ ।

उनले सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने कार्यक्रम ल्याएको छ । रारालाई लक्षित गरी पर्यटन वर्षमा यहाँ कार्यक्रम राखी स्वदेशी तथा विदेशी पर्यटकहरु धेरैलाई यहाँसम्म ल्याउनुपर्छ भने । ‘‘मानिसले स्वर्ग देखेको छ÷छैन, त्यो त मलाई थाहा छैन तर यहाँ आउने जो कोहीले पनि यस्तै अनुभूति पोख्ने गरेको सुन्छु’’, भन्छन् स्थानीय पर्यटनसेवी ३३ वर्षीय पदम तिरुवा ।

रारा तालमा आउने पर्यटकहरुलाई घोडामा सवार गराएर ताल क्षेत्रको अवलोकन गराउनु हुने तिवारीको अनुभव छ, यहाँ आउने स्वदेशी या विदेशी पर्यटक यति भावुक र उत्साहित हुन्छन् कि यो तालको सुन्दरताको बयान गर्न उनीहरुसँग शब्द नै धेरै हुन्छन् । मुगु जिल्लाको छायाँनाथ नगरपालिका–९ मा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । यो ताल समुद्री सतहबाट दुई हजार ९९० मिटर रहेको छ ।

दश–आठ वर्ग किलो क्षेत्रफलमा फैलिएको सो तालको लम्बाइ पाँच, चौडाइ तीन र गहिराई १६७ किमी रहेको छ । यस तालको पानी एक दिनमा पनि फरकफरक रङ्ग देखिने गर्दछ । घाम लागेको समयमा नीलो रङ, कम घाम लागेको समयमा हल्का नीलो र बादल लागेको समयमा धमिलो देखिने गरेको स्थानीयवासी बताउँछन् । यहाँ आउने पर्यटकहरु घोडा चढेर तालबाहिर घुम्ने गर्दछन् । दिउँसो धेरै हावा चल्ने गरेका कारण त्यहाँ पुग्ने पर्यटक बिहान ८ देखि साढे ११ बजेसम्ममा ढुङ्गा चढेर जलविहार गर्दछन् ।

यस तालको वरपर सेतै टल्किने चङ्खेली, छायाँनाथ हिमाल देखिन्छन् । तालको उत्तर तथा दक्षिणतर्फबाट जङ्गलले घेरेको छ । रारा तालमा घुम्न जाने पर्यटकहरुको मुख्य मौसममा भने असोज, कात्तिक तथा चैत, वैशाख र जेठ महिना रहेको छ । यी महिनामा स्वदेशी तथा विदेशी धेरै पर्यटकहरु आउने हुँदा ताल क्षेत्रका होटलमा बस्ने ठाउँ पर्याप्त नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।

पर्यटकहरु बास बस्नका लागि करीब एक घण्टा टाढा रहेको राष्ट्रिय निकुञ्जको कार्यालय अगाडिको मुर्म गाउँमा रहेको होटल तथा खुल्ला आकाशमा पाल टाँगेर रात बिताउने गरेको स्थानीय होटल व्यवसायी प्रेमबहादुर बुढाले बताए । सो तालमा विभिन्न जीवजन्तु, हिमाली असला माछा, सर्प र भ्यागुता पनि रहेका छन् । निकुञ्जभित्र ५१ प्रजातिका स्तनधारी जसमा रातो हाब्रे, कस्तुरी, मृग, हिमाली कालो भालुलगायतका पाइन्छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies