Khabar Dabali Logo
  February 18, Tue

नेकपाको केन्द्रीय समिति बैठक आजबाट सुरु, कस्तो आउँला अध्यक्षद्वयको प्रतिवेदन ?

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बुधबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्दैछन् ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा अनुमोदन गर्ने बताइएको छ ।
२०७५ जेठ ३ मा पार्टी एकता घोषणापछि दोस्रो पटक बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।

गत महिना स्थायी समितिले पास गरेका प्रतिवेदनहरु केन्द्रीय समिति सदस्यहरुबीच छलफल गराएर अनुमोदन गर्ने तयारी छ । त्यसका लागि नेकपाले समुह विभाजन गरी केन्द्रीय सदस्यहरुलाई छलफलमा सहभागी गराउने तयारी गरेको छ । यसै विषयमा आइतबार बालुवाटारमा दुई अध्यक्षबीच चार घण्टासम्म छलफल भएको थियो ।

लामो समयपछि बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा विशेषगरी चारवटा एजेण्डा पेश गर्ने नेताहरुको तयारी छ । ति एजेन्डा यसअघि नै पार्टीको स्थायी समितिबाट तय भएपनि त्यसबारे थप छलफल र गृहकार्य गर्न बाँकी रहेकाले ओली र प्रचण्ड मंगलबार दिनभर छलफलमा व्यस्त रहेका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक विषय यो बैठकका मुख्य एजेण्डा रहेको जनाएको छ । यस बाहेक स्थायी समिति बैठकले निक्र्यौल गर्न नसकेको बहुचर्चित एमसीसीलाई बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । एमसीसीबारे कुनै निष्कर्ष निकाल्न नसक्दा स्थायी समिति बैठकले निणर्य गर्ने जिम्मा सचिवालयलाई दिएको थियो ।

यस्तै, सरकारका कामकारवाही सन्तोषजनक नभएको भन्दै नेकपाभित्रै असन्तुष्टी बढ्न थालेपछि बैठकमा सरकार र पार्टी सञ्चालनबारे केन्द्रीय सदस्यहरुले राख्ने प्रश्नको जवाफ कसरी दिने भन्ने दुई अध्यक्षबीच छुट्टै छलफल समेत गर्ने तयारी भएको बुझिएको छ ।

नेकपाको अन्तरिम विधानले ६–६ महिनामा केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने व्यवस्था गरेपनि उक्त समयमा नेकपा केन्द्रीय समिति बैठक बस्न सकेको थिएन अधिकाँश निर्णयहरु सचिवालय बैठकबाट हुदै आएका थिए । यसमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना समेत गर्दै आएका छन् ।

केन्द्रीय समिति बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन विधान संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै उपत्यका विशेष जिल्ला कमिटी र कार्यदिशाबारे विधानको प्रस्तावना संशोधन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ ।

माघ १५ गते, २०७६ - १०:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   

महराले अदालतबाट सफाइ पाएपछि गृहजिल्लामा यस्ताे खुशीयाली, तुलसीपुरमा दीप प्रज्वलन

घोराही । षडयन्त्रपूर्वक फसाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ...   

साताको तेस्रो दिन नेप्सेमा झिनो सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार...   

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १९ सय नजिक पुग्यो

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ...   

वाइड बडी जहाजले आजदेखि नियमित उडान भर्दै

काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा...   

सैनिक पहिलो संशोधन विधेयक सदनमा पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई...   

कृष्णबहादुर महराको निलम्बन फुकुवा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त...   
अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका...   

टिप्परले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय...   

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top