Khabar Dabali Logo
  February 25, Tue

प्रधानमन्त्री मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशितः बिदा हुने मन भए मार्गप्रशस्त छ

काठमाडौं । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो ९चार घण्टाको० क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए ।

उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’

‘कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैन,’ प्रमले बैठकमा तितो पोखे ।

उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिनेगरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको विरोध पनि गर्ने रु यो कुरा सह्य हुँदैन ।’

एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिले संसदीय दलमा छलफल गरौँ, आफूभित्रै एकमत कायम गरेपछि पत्रकारसम्मेलन गर्नुनपर्ला’ भन्ने कुरा उठाए ।

माघ १५ गते, २०७६ - १०:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   

कोरोना भाइरस प्रकोप : दक्षिण कोरियामा मृतकको संख्या ८ पुग्यो, ८ सय ९३ संक्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का को कारण मृत्यु हुनेको संख्य ८ जना पुगेको छ ।...   
कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना...   

आज सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३००...   
हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको...   

कोरोना भाइरस प्रकोप : सम्भावित महामारी विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व...   

गोकुल बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री...   

निवर्तमान गाेकुल बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top