Khabar Dabali Logo
  September 21, Mon

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

सुरुङ्गा। आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।रासस

माघ १५ गते, २०७६ - ०८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी विद्यालय : अनलाइन कक्षाका नाममा विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

जिम्मेवार निकाय स्थानीय सरकार बेखबर काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा...   

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

काठमाडौं। सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका...   

संक्रमित भन्दा निको हुने बढी

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको...   

नेपालसँगको व्यापारमा चीन असहयोगी

काठमाडौं । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी...   

क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्...   

कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी...   

सिराहा कारागारमा संक्रमितको संख्या पाँच सय पुग्यो, कैदीबन्दी भन्छन्, ‘कोरोना जित्न पोषिलो खाना चाहियो’

सिरहा। जिल्ला सदरमुकाम सिराहास्थित सिराहा कारागारमा रहेका पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिकामध्ये...   
अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

६ महिनादेखिको लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो भएपछि उपभोक्ता दोहोरो मारमा काठमाडौं...   

३६ हजार लिटर पेट्रोलमा साढे नौ हजार लिटर मट्टीतेल र केमिकल मिसावट

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा काठमाडौं । नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको...   

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top