Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एमसिसी पारितबारे प्रधानमन्त्री र प्रतिपक्षीको एउटै स्वर

काठमाडौं। प्रतिनिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी कांग्रेसले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पारित गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्ता सम्झौताबाट विकासको गति अघि बढ्ने संकेत गर्दै विकास निर्माणका लागि राजनीतिक दलबीच एकताको आवश्यक रहेको बताए।

आजको नागरिक दैनिकमा खबर छ - प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताए। संसद् बैठकको सुरुमा बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले गर्नुपर्ने बाँकी काममा विलम्ब नगरी अघि बढ्नुपर्ने बताए। सभामुख चयनमा विलम्ब भए पनि अब विलम्ब गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) जस्ता विषय संसद्बाट पारित गर्नुपर्नेछ।’ सभामुखमा निर्विरोध निर्वाचित भएको विषय एकताको राम्रो लक्षण भएको उनले बताए। नयाँ सभामुख निर्वाचित भएपछि बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक दलको एकताले समाजले मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उनले बताए।

दलहरूबीच एकता नभएको समयमा विभिन्न प्रतिगामी कदम हुने गरेको विगतका घटना स्मरण गर्दै प्रधानमन्त्री ओलीले आजका प्राथमिकता के हुन् त्यसमा केन्द्रीत भएर अघि बढ्नु पर्दछ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताए। हामीले बहुदलीय प्रणाली स्विकारेका छांै भन्दै उनले एकताबाटै स्वस्थ्य प्रतिस्प्रर्धाको बाटोबाट जान सके बहुदलीय व्यवस्था अझ बलियो हुने उनले बताए। प्रधानमन्त्रीले एकता र प्रतिस्प्रर्धालाई सँगसँगै लैजानुपर्ने बताए।

‘हामी एकताबद्ध नहुनेबेलासम्म पञ्चायत रहयो पछि एकताबद्ध भयौं पञ्चायत ढल्यो, माघ १९ को कदमलाई पराजित पनि एकताबाटै भएको हो’ उनले भने। प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी गर्ने विषय पनि एकता विना संभव नभएको बताए। विगतका अनुभवले एकता गर्न सिकाएको बताउँदै उनले भने ‘अबको एकता सुशासन र विकासमा केन्द्रीत गर्न जरुरी छ।’ संविधान र कानून कार्यन्वयनमा सरकार सक्रिय रहेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्रीले नवनिर्वाचत सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिए। नयाँ सभामुख आएपछि बसेको पहिलो बैठक भएकाले प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालको शुभकामना दिँदै सरकारले प्रभावकारी रूपमा सभा सञ्चालनमा पूर्ण सहयोग गर्ने बताए।

संसद्मा बोल्दै उनले विज्ञान, प्रविधि र कनेन्टिभिटीको दृष्टिमा दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ भन्दै त्यो गति समाएर अघि बढ्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए। प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एमसिसी सम्झौता अनुमोदन भए अमेरिकाको अहिलेसम्म कै ठूलो सहयोग प्राप्त हुने र त्यसले ऊर्जा र जलस्रोतमा धेरै विकास हुने बताए।

नवनिर्वाचित सभामुखलाई बधाई दिँदै नेता देउवाले सभामुखलाई संसद् विपक्षीको हो भन्ने कुरालाई ध्यानमा दिएर काम गर्नसमेत आग्रह गरे। विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसद्ले सफलता प्राप्त गर्ने उनले बताए। संसद्मा संविधानको मर्मविपरीतका विधेयक आएको ती विधेयक पारित गर्न हुँदैन भन्दै सभामुखको ध्यानाकर्षण गराए। सभामुख तटस्थ पद हो भन्दै उनले सभामुखले प्रतिपक्षको आवाज सुन्न सक्नुपर्ने बताए। प्रेसमाथि नियन्त्रण गर्ने कानुन आउँदैछ भन्दै उनले त्यस्तो विधेयक पारित गर्न नहुने बताए। ‘जहाँ प्रेसमाथि नियन्त्रण हुन्छ, त्यहाँ लोकतन्त्र राम्रोसँग चल्न सक्दैन,’ उनले भने। कोरोना भाइरस जोखिमको न्यूनीकरणमा विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies