Khabar Dabali Logo
  September 28, Mon

वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा

काठमाडौं । सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने । उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए । तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ – डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनीजस्तै पोल्यान्ड नै हिँडेका थिए । यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए । तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे । उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए । अजरबैजानको एयरपोर्टमा उत्रियौँ । मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो । त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौँ । जो पछि हामीसँगै बन्दी बने ।’

विमानस्थल पुगेपछि अजरबैजानको बिजनेस भिसा हातमा
पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन । उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए । यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए । वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्‍यो । तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए ।

चार महिनाको बन्धक जीवनपछि अजरबैजानबाट भागेर नेपाल आएका ज्ञवालीले भने, ‘वर्किङ भिसामा लैजाने भनेको थियो । हामी त्यही मनस्थितिमा थियौँ । जब विमानस्थल पुग्यौँ, हाम्रो हातमा भिसा पर्‍यो । हेर्दा पोल्यान्डको नभई अजरबैजानको रहेछ । त्यो पनि वर्किङ नभई बिजनेस । छाँगाबाट झरेझैँ भयो । तर, विकल्प थिएन, किनकि रकम दलालको हातमा परिसकेको थियो । दुबई हुँदै अजरबैजान पुग्यौँ । चार महिनाको बन्धक जीवनपछि बल्ल बाँचेर नेपाल फक्र्यौं ।’

काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी
पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पर्ने लामा पक्राउ परेको र उनीविरुद्ध जाहेरी आउने क्रम जारी रहेको बताए । ‘पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पारेको अभियोगमा राजकुमार भनिने गुणराज लामा पक्राउ परेका छन् । उनीविरुद्ध जाहेरी आउने क्रम जारी छ । अनुसन्धान भइरहेको छ ।’

माघ १५ गते, २०७६ - ०७:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको...   

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर...   

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य...   

सिपाहीको तलब काटेर जम्मा भएको प्रहरी कोषमा भ्रष्टाचार : प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

शान्ति मिसनमा जाने कर्मचारीको कमाइबाट कम्तीमा १० प्रतिशत कोषमा संकलन काठमाडौं । प्रहरीका कर्मचारीको...   

कर्जा विस्तार नभएपछि वाणिज्य बैंकहरूबीच विपन्न वर्ग कर्जा खोसाखोस

वाणिज्य बैंकको लगानी २१ अर्बले घट्यो, लघुवित्त मोलमोलाइमा उत्रिए काठमाडौं । लकडाउन र निषेधाज्ञाले...   

फरार अभियुक्त कोरोना कालमा धमाधम पक्राउ

काठमाडौं। २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर...   

प्याजमा कालोबजारी : ३५ रुपैयाँमा किनेर सयमा बेच्छन् व्यापारी

काठमाडौं । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी...   

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर...   

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

डडेल्धुरा । अछाममा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ...   

कांग्रेस किचलो चर्कंदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top