Khabar Dabali Logo
  September 28, Mon

रोजगारीको अभावमा विदेशिँदै नर्स

काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगिन् छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उहाँ पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।
नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् । ‘‘सुरुमा नर्स भन्ने वित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्ने गर्दछन्’’, प्राध्यापक श्रेष्ठले भनिन्, “तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको सङ्ख्या अत्यधिक छ ।”
कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, दस हजार रुपियाँमा काम लगाउने गरेका छन् भन्दै श्रेष्ठले भनिन्,, “नर्सिङ सङ्घ नेपालमै रोजगार र विभेदकारी व्यवस्थाको अन्त्यका लागि लडिरहेको छ ।” अधिकृत स्तरको चिकित्सक सुरुमै आठौँ तहमा नियुक्त हुने व्यवस्था छ तर नर्सलाई सातौँ तहमा मात्र राखिने गरेको भन्दै श्रेष्ठले थप्नुभयो, “सरकारी निकायबाटै विभेदकारी व्यवस्थाको अन्त्य गर्नुपर्दछ ।”
नेपाल नर्सिङ सङ्घकी केन्द्रीय सदस्य तथा राष्ट्रिय ट्रमा सेन्टरकी नर्सिङ अधिकृत सपना विकले नर्सहरूले अध्ययन गर्ने बेलामा लाखौँ रुपियाँ खर्च गरेर अध्ययन गर्ने तर अस्पतालमा काम भने आठ दस हजारमा गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । निजी अस्पतालहरूमा रोजगार पाउनसमेत ठूला व्यक्तिको ‘सोर्सफोर्स’ लगाउनुपर्ने अवस्था रहेकाले नेपालमा नर्सलाई पारिश्रमिक अन्त्यन्त कम भएको बताइन् । नेपालमा राम्रो अवसर नपाएर बर्सेनि हजारौँ नर्स विदेशिनुपरेको उनको भनाइ छ । यसैबीच मङ्गलबार ५८औँ नेपाल नर्सिङ दिवस मनाइँदैछ ।

माघ १५ गते, २०७६ - ०७:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको...   

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर...   

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य...   

सिपाहीको तलब काटेर जम्मा भएको प्रहरी कोषमा भ्रष्टाचार : प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

शान्ति मिसनमा जाने कर्मचारीको कमाइबाट कम्तीमा १० प्रतिशत कोषमा संकलन काठमाडौं । प्रहरीका कर्मचारीको...   

कर्जा विस्तार नभएपछि वाणिज्य बैंकहरूबीच विपन्न वर्ग कर्जा खोसाखोस

वाणिज्य बैंकको लगानी २१ अर्बले घट्यो, लघुवित्त मोलमोलाइमा उत्रिए काठमाडौं । लकडाउन र निषेधाज्ञाले...   

फरार अभियुक्त कोरोना कालमा धमाधम पक्राउ

काठमाडौं। २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर...   

प्याजमा कालोबजारी : ३५ रुपैयाँमा किनेर सयमा बेच्छन् व्यापारी

काठमाडौं । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी...   

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर...   

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

डडेल्धुरा । अछाममा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ...   

कांग्रेस किचलो चर्कंदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top