Khabar Dabali Logo
  February 28, Fri

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास ब्याकदिने भएको छ । बिग सेल अफरअन्तरर्गत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैंया नगद फिर्ता गरिने रिचार्जरले जनाएको हो ।

त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको जनाइएको छ ।

सेलमा २० हजार २० रुपैयाँमा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । त्यसै गरी कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन् । रिचार्जरका नयाँ प्रयोगकर्ताहरुमध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

जतिको रिचार्ज, त्यति नै क्यास व्याकभन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवादिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका भ्रमण प्योकजहरु सस्तो मूल्यमा उपलब्धहुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

‘नेपालीलाई नेपाल घुमाउने योजनाअन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराएका छौं’ ग्लाइडरले भने ।

इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ । भ्रमण वर्ष २०२० लाई लक्षितगर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्मसमेत रहेको रिचार्जरमा ६० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसै गरी हरेक खरिद कर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफरअन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।

माघ १४ गते, २०७६ - १७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुट्टा लाञ्छना लगाएको भन्दै विजय मिश्रविरुद्ध बाँस्कोटाले गरे मुद्दा दायर

झुट्टा लाञ्छना लगाएको भन्दै विजय मिश्रविरुद्ध बाँस्कोटाले गरे मुद्दा दायर

काठमाडौं । विवादास्पद अडियो प्रकरणसँगै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले अडियो सार्वजनिक...   

ईरानमा उप–स्वास्थ्यमन्त्री पछि उपराष्ट्रपतिमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । ईरानका उपराष्ट्रपति मैसुओहेम इब्टेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । ईरान सरकारले...   
७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि...   
प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री...   
अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता डा. बाबुराम भट्टराईले पुस्तकमा लगाईएको...   
टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top