Khabar Dabali Logo
  February 25, Tue

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो ।

आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजबादी विद्यार्थी युनियन, अखिल ९छैठौं०, नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएको गौतमले बताए ।

बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगा बहादुर थापाले जानकारी दिएका थिए ।

अदालतको आदेशको आधारमा पनि निर्वाचनको बिकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरि निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुषालले बताएको नेता गौतमले जानकारी दिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेबिसंघ र बिप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियोे । वैठकमा अनेरास्ववियूका संयोजक ऐन महर,सहसंयोजक रञ्जित तामाङ , अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियोे ।

माघ १४ गते, २०७६ - १६:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको...   

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   

कोरोना भाइरस प्रकोप : दक्षिण कोरियामा मृतकको संख्या ८ पुग्यो, ८ सय ९३ संक्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का को कारण मृत्यु हुनेको संख्य ८ जना पुगेको छ ।...   
कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना...   

आज सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३००...   
हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको...   

कोरोना भाइरस प्रकोप : सम्भावित महामारी विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व...   

गोकुल बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top