Khabar Dabali Logo
  September 30, Wed

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय ट्राफिक प्रहरी कार्यालय भवनको आज उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै उनले नेपाल प्रहरीले अपराधीको हकमा जो सुकै भए पनि कडारुपमा प्रस्तुत भएर कारवाही प्रक्रियामा अगाडि बढ्ने बताए । जो सुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानूनको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए ।

महानिरीक्षक खनालले महिला र बालबालिकाको हकमा धेरै संवेदनशील हुनुपर्नेमा जोड दिँदै भक्तपुरमा बनेको नयाँ भवनमा यहाँका बासिन्दाको सहयोगसँगै मन र आत्मा जोडिएको बताए । उनले अपराधमुक्त समाज निर्माणको मिशनमा लागेको प्रहरीलाई नागरिकले सघाउनुपर्नेमा जोड दिँदै नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सहयोग गर्न सकेमात्र अपराधमुक्त समाजको परिकल्पना साकार हुने चर्चा गरे ।

कार्यक्रममा महानगरीय आयुक्त कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, ट्राफिक महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले देशलाई अपराधमुक्त बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

सूर्यविनायकको कटुञ्जेस्थित कित्ता नं २३३३ रहेको कूल १३ आना जग्गामा २०७४ साल कात्तिक ३० गते शिलन्यास भएको भवन करीब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको ट्राफिक प्रहरी हबल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिए।

दुईतला आधा रहेको यो भवनमा नौवटा कोठा, मेस, महिला ब्यारेक, इन्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हबल्दार र प्रहरी जवानको ब्यारेक, सभा हल, प्रतीक्षालय, छ वटा शौचालयसहितको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माणका लागि भक्तपुर नगरपालिकाबाहेक जिल्लाका अन्य तीनवटा नगरपालिका, यहाँका व्यवसायीहरुबाट रु ३९ लाख २७ हजार २५६ नगद सङ्कलन भएको र व्यवसायी एवं दाताहरुबाट निर्माण सामग्रीहरु सङ्कलन गरी सरकारको लगानी बिना नै भवन निर्माण सम्पन्न भएको समितिले जानकारी दिएको छ ।

माघ १४ गते, २०७६ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन...   

यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन : गभर्नर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील...   

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

धनुषा । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा...   

जीप दुर्घटना हुँदा चालकको मृत्यु

मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना...   
सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले...   

तातोपानी नाका असोज १९ दखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल...   

कोटेश्वर–जडिबुटी सडक विस्तारको अन्तिम तयारी

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम...   

पठनपाठन शुरु गर्न जोरबिजोर प्रणाली लागु गर्ने

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु...   

सुनचाँदी व्यवसायी बर्माको शव फेला

चन्द्रौटा । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला...   

भरुवा बन्दुक देखाएर तर्साउने दुई युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top