Khabar Dabali Logo
  April 6, Mon

प्रेम दिवसमा ‘सयको गुन’

काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएकी छिन् । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजार भन्दा बढी पटक हेरिएको छ ।

गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन् । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् । यसअघि उनले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पुर्याएको छ ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस्तै थापाले सङ्गीत गरेर माझी र उनी आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहका छन् । पछिल्लो समय उनका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उनले भने, “सङ्गीत गर्न र गीत गाउनमै व्यस्त छु ।” उनले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस(फेब्रुअरी १४)लाई लक्ष्य गरेर बजारमा ल्याएका हुन् । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उनले बताए।

“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भने, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उनले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।
करुणाको एकल कविता वाचन

धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागेकी भोजपुरकी कवि करुणा राईले काठमाडौँमा एकल कविता वाचन गरेकी छिन् । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा राईले आफ्ना दश कविता पस्केकीन् । ‘जुत्ता’, ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँशु’, ‘घाइते सम्झना’ शीर्षकका कविताबाट दर्शकले आनन्द लिए । कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको उनका कविता वाचन गरी सघाएका थिए ।

कार्यक्रममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित राईको ‘बरन्डामा तिमी’ शीर्षक कवितामा निर्मित काव्य भिडियो प्रदर्शन गरियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेवे र जीना तामाङले अभिनय गरेकी छिन् ।

कवि भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए । कवि विप्लव ढकालले उनका कविता दुई चार कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको जिकिर गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेका थिए । राईको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।

माघ १४ गते, २०७६ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण शुरु

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको...   

ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

राजविराज । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई...   
स्वास्थ्य सामग्री प्रचलित कानूनअनुसार नै खरिद गरिनेछ : नेपाली सेना

स्वास्थ्य सामग्री प्रचलित कानूनअनुसार नै खरिद गरिनेछ : नेपाली सेना

काठमाडौ । नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका...   
उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने चार सय ५२ महिलासहित एक हजार ८०० जनालाई कारवाही

उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने चार सय ५२ महिलासहित एक हजार ८०० जनालाई कारवाही

काठमाडौ । उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज...   
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए

काठमाडौ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि...   
नोबेल साकोस साहित्य संस्थामा २१ जनाले गरे रक्तदान

नोबेल साकोस साहित्य संस्थामा २१ जनाले गरे रक्तदान

काठमाडौ । नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान...   

आजदेखि सर्वसाधारणका लागि खुद्रा चामल बिक्री खुला

वीरगञ्ज । लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी...   

कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन् : आत्तिएर हुँदैन आत्मबल बलियाे चाहिन्छ

काठमाडौ । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम...   

आजदेखि कैलालीसँग सीमा जोडिएका सबै झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै...   
घर फर्किए रोकिएका दुई हजार तीन सय ७० विदेशी नागरिक

घर फर्किए रोकिएका दुई हजार तीन सय ७० विदेशी नागरिक

काठमाडौ । कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top