Khabar Dabali Logo
  February 18, Tue

राष्ट्रियसभामा गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग, कसले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकि छिन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् । “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन्, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराए । नेकपाका सांसद बलराम बाँस्कोटाले वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ? भन्ने प्रश्न गरे । सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गरे ।

राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसद्मा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाए ।

नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्टयाइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

माघ १४ गते, २०७६ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक पहिलो संशोधन विधेयक सदनमा पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई...   

कृष्णबहादुर महराको निलम्बन फुकुवा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त...   
अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका...   

टिप्परले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय...   

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको...   

संसदमा गगन थापाले भने – चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू !

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु...   
किन खुला मासु नै रोज्छन् उपभोक्ता ?

किन खुला मासु नै रोज्छन् उपभोक्ता ?

नेपालगञ्ज । नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् ।...   

भरतपुरलाई धूमपानरहित बनाउँने मेयर रेणु दाहालकाे प्रतिबद्धता

चीतवन । भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक...   

कोरोना भाइरस प्रकोप : उहान अस्पतालका निर्देशककै मृत्यु

बेइजिङ । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार...   

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २००...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top