Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सहमतिबाटै मात्रै प्रगति गर्न सकिने बताए ।

‘मुलुकको संविधानको रक्षा, त्यसको मर्मअनुसार परिपालना, कार्यान्वयन र कानुनसम्मत ढंगले संसदलाई मर्यादित ढंगले अगाडि बढाउन सफलता प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘म आफ्नो तर्फबाट यहाँलाई पूर्ण सहयोग रहने वचन दिन चाहन्छु, संसद् सञ्चालनका लागि सकारात्मक सहयोग रहने स्पष्ट पार्न चाहन्छु।’

सभामुख निर्वाचन प्रक्रियाबाटै सर्वसम्मत र सहमतिको अभ्यास भइसको बताउँदै उनले बाँकी कामकारबाहीमा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रो समाजको चरित्र नै मेलमिलाप ढंगले अघि बढ्नेछ। हामीले लोकतान्त्रिक प्रणाली र बहदल रोज्यौं । तर, हामी हरेक काम सहमतिमा गरिरहेका छौं।

‘एमसीसीलाई पारित गर्नुपर्छ’

यसैबीच प्रधानमन्त्री केपि शर्मा ओलीले निकै लामो समयदेखि अलमलमा परेका विधेयक र सम्झौताहरु अगाडि बढाउनुपर्ने बताएका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै उनले कामहरु गर्न बिलम्ब गर्न नहुने बताए ।

‘अब बिलम्ब गर्ने बेला छैन् । हाम्रा कामहरुलाई तिव्र ढंगले अगाडि बढाउनु पर्ने हुन्छ । हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नेछ । प्रस्तावहरु पारित गर्नुपर्नेछ ।’ ओलीले भने, ‘हामीले धेरै अगाडिदेखि बढ्दै आएको, ६÷७ वटा प्रधानमन्त्रीका कार्यकाल गुर्जार्दै अगाडि आएको, अहिले संसद समक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्नेछ ।’

उनले आग्रहका आधारमा एमसीसीजस्ता सम्झौताप्रति विरोध भईरहेको बताउँदै सत्यलाई कम महत्व नदिन आग्रह गरे । उनले भने, ‘आजको समय आइडोलोजिकल आग्रहमा अल्झिने र ति मतभेदले सत्यलाई अस्वीकार गर्ने कुराहरु ठिक होइन् । संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने काम बेठिक हो ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies