Khabar Dabali Logo
  February 21, Fri

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।

तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले पनि सो भनाइ सत्य नरहेको बताएका छन् ।

घाज्नीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुबाहक विमान थियो वा सैनिक विमान भन्ने बारेमा भने कुनै जानकारी दिइएको थिएन ।

अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा घाज्नी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन् ।

अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार घाज्नी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन् ।

उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन् । उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन् ।

सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिएका छन् । उनले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन् ।

तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ ।

अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए ।

उनले उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ तर पनि तालिबान या अरु कुनै पनि बाह्य कारणले खसालिएको भनी गरिएका दाबीहरुमा कुनै सत्यता छैन– उनले बताएका छन् ।

सोमबार नै सो दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको स्थानीयले बताएका थिए । उनीहरुले विमानको आगो निभाउने प्रयास गरिरहेको पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको थियो ।

गजनी अफगानिस्तानको पूर्वी प्रान्त हो । उक्त प्रान्तमा तालिवान विद्रोहीको प्रभाव रही आएको छ । सोमबार केही विदेशी सञ्चारले विद्रोहीको प्रभाव बढी रहेका कारण उक्त क्षेत्रमा पुग्न सुरक्षा अधिकारीलाई पनि कठिनाई भएको बताइएको थियो ।

द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसीमको हुने गर्दछ भनिन्छ । भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटनाहरु हुने गरेको पनि पाइन्छ ।

अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो ।

विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । त्यसयता पनि यहाँ साना विमानहरु र हेलिकोप्टरहरु दुर्घटनाग्रस्त भएका छन् ।

यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन । सुरक्षा अधिकारीहरुले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । एएफपी

माघ १४ गते, २०७६ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुल बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका...   

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बाँस्कोटाले राजिनामा...   

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण...   

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको...   
बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सरकारलाई संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन...   

प्रधानमन्त्रीले मुख नहेरि अडियो सुनेर मन्त्री बाँस्कोटालाई कारबाही गर्नुहोस् : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा नगराए...   
भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने...   

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं । डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन...   

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन...   
सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top