काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यलय धुमबाराहीमा बस्दै छ । त्यसअघि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको छ ।
सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा अनुमोदन गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
गत महिना स्थायी समितिले पास गरेका प्रतिवेदनहरु केन्द्रीय समिति सदस्यहरुबीच छलफल गराएर अनुमोदन गर्ने तयारी छ । त्यसका लागि नेकपाले समुह विभाजन गरी केन्द्रीय सदस्यहरुलाई छलफलमा सहभागी गराउने तयारी गरेको छ । यसै विषयमा आइतबार बालुवाटारमा दुई अध्यक्षबीच चार घण्टासम्म छलफल भएको थियो ।
लामो समयपछि बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा विशेषगरी चारवटा एजेण्डा पेश गर्ने नेताहरुको तयारी छ । ति एजेन्डा यसअघि नै पार्टीको स्थायी समितिबाट तय भएपनि त्यसबारे थप छलफल र गृहकार्य गर्न बाँकी रहेकाले ओली र प्रचण्ड मंगलबार दिनभर छलफलमा व्यस्त रहेका छन् ।
अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक विषय यो बैठकका मुख्य एजेण्डा रहेको जनाएको छ । यस बाहेक स्थायी समिति बैठकले निक्र्यौल गर्न नसकेको बहुचर्चित एमसीसीलाई बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । एमसीसीबारे कुनै निष्कर्ष निकाल्न नसक्दा स्थायी समिति बैठकले निणर्य गर्ने जिम्मा सचिवालयलाई दिएको थियो ।
यस्तै, सरकारका कामकारवाही सन्तोषजनक नभएको भन्दै नेकपाभित्रै असन्तुष्टी बढ्न थालेपछि बैठकमा सरकार र पार्टी सञ्चालनबारे केन्द्रीय सदस्यहरुले राख्ने प्रश्नको जवाफ कसरी दिने भन्ने दुई अध्यक्षबीच छुट्टै छलफल समेत गर्ने तयारी भएको बुझिएको छ ।
नेकपाको अन्तरिम विधानले ६–६ महिनामा केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने व्यवस्था गरेपनि उक्त समयमा नेकपा केन्द्रीय समिति बैठक बस्न सकेको थिएन अधिकाँश निर्णयहरु सचिवालय बैठकबाट हुदै आएका थिए । यसमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना समेत गर्दै आएका छन् ।
केन्द्रीय समिति बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन विधान संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै उपत्यका विशेष जिल्ला कमिटी र कार्यदिशाबारे विधानको प्रस्तावना संशोधन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: