Khabar Dabali Logo
  February 18, Tue

‘विवादित’ यती हटाइयो

काठमाडौं । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ – भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानमा यतीको मस्कट राखिएको थियो। संस्कृतिप्रेमी र स्थानीयले यतीको मस्कटमा कुँदिएका चित्रप्रति आपत्ति जनाएपछि सचिवालयले त्यसलाई हटाएको हो। सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद आयो। यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएका थिए। चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटायो। लगत्तै भ्रमण वर्ष २०२० को सचिवालयले यतीको मस्कट उक्त स्थानबाट हटाएको छ।

इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको छ। नेपाल चिनाउन चित्रकारले अपनाएको शैलीप्रति समितिले विरोध गरेको हो।

समितिले भ्रमण वर्ष २०२० प्रति धार्मिक संघसंस्थाको पूर्ण समर्थन र ऐक्यबद्धता भएको प्रस्ट पारेको छ। साथै राष्ट्रका कलाकारप्रति सम्मान रहने विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा १७ ९२० ९१० मा जातजाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने खालका क्रियाकलाप गर्न नपाइने व्यवस्था छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका चिताइदार गौतम शाक्य भन्छन्, ‘कुमारीको आकृति अशोभनीय तवरले यतीको पिठ्यूँमा राखिएको छ। भ्रमण वर्षको प्रचार(प्रसार गर्दा धार्मिक आस्थामै प्रहार भएको छ।’

बौद्ध परिसरमा सोमबार राखिएको यती पनि हटाइएको छ। काठमाडौं महानगरपालिका(६ का वडा अध्यक्ष दीपेन्द्र लामाले विवादित यती हटाएको बताए। ‘यसले सम्पदा र संस्कृतिमा खलल पुर्‍याएको हाम्रो निष्कर्ष छ,’ लामाले भने, ‘कसैको धर्म र आस्थामाथि खेलबाड गर्नु उचित होइन।’

विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि अनेक चित्र कोरिएका यती राखिएको थियो। बौद्धका पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको हो।

पाटन दरबार क्षेत्रमा राखिएको दुईवटा यती पनि हटाइएको छ। पाटन संग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार उक्त स्थानमा राखिएको यतीले नेपालको मौलिक पहिचान नबोकेको भन्दै आन्तरिक पर्यटकले गुनासो गर्दै आएका थिए। पाटन दरबार क्षेत्रमा पाँचवटा यती राख्ने भनिए पनि दुईवटा यतीलाई मात्र सहमति दिइएको थियो। पशुपति क्षेत्रमा पनि यतीको मस्कट राख्न रोक लगाइएको छ।

नेपाललाई विश्वभर चिनाउन काल्पनिक हिममानव यतीको प्रयोग गरिएको हो। चित्रसहित एउटा यती निर्माण गर्न ८ लाख परेको छ भने एक सय ८ यती बनाउन करिब १० करोड रुपैयाँ बजेट छुट्याइएको छ।

सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै सपिङ कम्प्लेक्समा समेत यतीको मस्कट राखेको छ। ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइला रहेको यती विश्वमै दुर्लभ र रहस्यमय छ।

माघ १४ गते, २०७६ - ०८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ । कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका...   

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौँ । ‘म डा.रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न...   

महरा ‘निर्दोष’

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख...   

जर्मन बुन्डेस लिग : बायर्न म्युनिखको प्रभावशाली जित, लेवान्डोस्कीको निरन्तर गोल

एजेन्सी । जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले प्रभावशाली जीत दर्ता गरेको छ । सुरुको १२ मिनेट भित्रै...   

महराविरुद्धको मुद्दाको फैसला आज हुदैँ

काठमाण्डौ । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज...   

तुइनबाटै गाडी, ६० हजारसम्म भाडा

रुकुम । ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका...   

दुई दर्जन प्रतिबद्धताले पछारिए मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन...   

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल...   

विप्रेषणमा झिनो वृद्धि, मूल्य बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र...   

आलोकनगरमा अतिक्रमित सरकारी जग्गाको नालीबेली

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित वाग्मती नदीकिनारको १७ रोपनी सरकारी जग्गा अतिक्रमण गरी बनाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top