Khabar Dabali Logo
  February 18, Tue

१२ हजार शिक्षकको दरबन्दी मिलान शुरु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ। मन्त्रिपरिषद्बाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि–२०७६ पास भएसँगै मन्त्रालय शिक्षक पुनर्वितरण शुरु गरिएको हो।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – कार्यविधिमा दरबन्दी पुनर्वितरण गर्दा साविकमा रहेका प्राथमिक विद्यालय, निमावि, मावि र उच्च माध्यमिक तहलाई आधार मानेर पुनर्वितरण गर्ने जनाइएको छ। सो कार्यविधि गएको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। कार्यविधि तयार भएसँगै स्थानीय तह, पालिका, प्रदेश र जिल्लामा बढी भएका शिक्षकको पुनर्वितरण हुनेछ। शैक्षिकसत्र २०७७ सँगै सबै तहमा पुनर्वितरण हुने गरी काम शुरु गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो। कार्यविधि आएसँगै १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुनेछ।

बढी भएका पालिकाबाट कम भएका पालिकामा, कम भएका जिल्लाबाट अर्को जिल्लामा र बढी भएका प्रदेशबाट कम भएका प्रदेशमा दरबन्दी मिलान गर्ने प्रक्रिया सम्भवतः भोलि बुधबारबाट शुरु हुने जनाइएको छ। मन्त्रालयले तयार गरेको कार्यविधि केन्द्रमा पुगेको छ। दरबन्दी वितरण गर्दा सरकारले उपलब्ध गराएको प्रावि, ९महिला शिक्षा परियोजना समेत०, निमावि, मावि र उच्च माविको दरबन्दी, राहत अनुदान कोटालाई समेत गणना गर्ने, शिक्षक आवश्यकताको पहिचान गर्दा स्थानीय तहमा वित्तीय हस्तान्तरण प्रयोजनका लागि जिल्ला शिक्षा समितिले विद्यालयमा बाँडफाँड गरेको दरबन्दीलाई आधार मानेर जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको देशैभरको प्राथमिक तहको बचत हुन आउने दरबन्दी, निमावि र मावि तहमा मिलान गर्ने उल्लेख छ।

हाल देशैभर प्रावि तहको दरबन्दी बढी देखिएको छ। देशभर करिब ५५ हजार शिक्षक अपुग रहेको तथ्यांक यसअघि नै सार्वजनिक भइसकेको छ।
मन्त्रालयले पहिलोपटक दरबन्दी पुनर्वितरण भएपछि थप शिक्षकको बारेमा अध्ययन गर्ने अपुग भएको शिक्षक नियुक्तिका लागि अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारी गरेको छ। प्रावि तहमा काम गरेका शिक्षकलाई योग्यता र वरिष्ठताको आधारमा निमावि तहमा पठनपाठन गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिनुभयो।

त्यसरी दरबन्दी मिलान गर्दा अधिकांश विद्यालयमा समस्या समाधान हुने उहाँको भनाइ छ। तथ्यांकअनुसार प्रदेश १ को तेह्रथुममा ३९, वागमती प्रदेशको ललितपुरमा १ सय ४४, भक्तपुरमा १ सय ६० र काठमाडौंमा ८ सय २७ गरी १ हजार १ सय ३१ दरबन्दी बढी छ। त्यस्तै गण्डकी प्रदेशमा १ हजार ६७, कर्णालको डोल्पामा र जाजरकोटमा १२–१२ शिक्षक दरबन्दी बढी छ। मन्त्रालयले शिक्षक बढी भएका १५ जिल्लाका शिक्षकलाई अन्य जिल्लामा मिलान गर्ने तयारी गरिरहेको छ। १५ जिल्लाका १ हजार ४ सय ९३ शिक्षकलाई एक पालिकाबाट अर्को पालिकामा मिलान गर्ने भएको छ ।

माघ १४ गते, २०७६ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ । कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका...   

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौँ । ‘म डा.रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न...   

महरा ‘निर्दोष’

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख...   

जर्मन बुन्डेस लिग : बायर्न म्युनिखको प्रभावशाली जित, लेवान्डोस्कीको निरन्तर गोल

एजेन्सी । जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले प्रभावशाली जीत दर्ता गरेको छ । सुरुको १२ मिनेट भित्रै...   

महराविरुद्धको मुद्दाको फैसला आज हुदैँ

काठमाण्डौ । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज...   

तुइनबाटै गाडी, ६० हजारसम्म भाडा

रुकुम । ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका...   

दुई दर्जन प्रतिबद्धताले पछारिए मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन...   

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल...   

विप्रेषणमा झिनो वृद्धि, मूल्य बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र...   

आलोकनगरमा अतिक्रमित सरकारी जग्गाको नालीबेली

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित वाग्मती नदीकिनारको १७ रोपनी सरकारी जग्गा अतिक्रमण गरी बनाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top