Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘डन सांसद’लाई तीन दिनमै उन्मुक्ति, गायिकालाई चार दिन थुना ?

काठमाडौं । कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो । उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेका थिए । अभद्र व्यवहार मुद्दामा आइतबार उनी पाँच हजार धरौटीमा छुटे । तर, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई चार दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । जबकि उनी सोमबार बिहान आफैँ महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- अभद्र व्यवहार मुद्दा हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । प्रहरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०समक्ष उनलाई सात दिन हिरासतमा लिने गरी म्याद मागेकोमा सिडिओले चार दिन दिएका छन् । आस्थाको बयान सोमबार नै सकिएको छ । सामान्य विवादको विषयमा गायिका राउतमाथि फौजदारी मुद्दा चलाएपछि प्रहरीको कदम विवादमा परेको छ ।

विमानस्थलको चेकिङको विवादलाई लिएर सामाजिक सञ्जालमा प्रहरीको आलोचना गरेको भन्दै गायिका राउतलाई प्रहरीले हिरासतमा राखेको हो । मुलुकी अपराध संहिताअन्तर्गतको अभद्र व्यवहार मुद्दामा चार दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी बिरामी भएको भन्दै सोमबार बेलुका अस्पताल भर्ना भएकी छिन् ।

गत १ माघमा विमानस्थलको चेकिङमा प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोप आस्थामाथि छ । त्यस्तो अवस्थामा तत्कालै उनलाई नियन्त्रणमा लिन सक्ने भए पनि प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको थियो । पछि आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले फेसबुकमा प्रहरीको आलोचना गरेपछि प्रहरीले उनीविरुद्ध उत्रिएको हो । महानगरीय प्रहरी कार्यालयले चेकिङमा संलग्न जवान श्रेष्ठलाई गायिकाविरुद्ध उजुरी हाल्न लगाएर उनीविरुद्ध ‘प्रतिशोध’ लिन खोजेको हो । जबकि प्रहरी आलोचनामा केही गलत शब्द बोलेको भन्दै आस्थाले माफी मागेकी थिइन् ।

‘प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा राख्यो’

गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन । यसबाट प्रहरी र कलाकारको दूरी नबढोस् भन्ने म चाहन्छु ।’ प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा लिएको उनको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी पनि प्रहरीको यो कदमबाट खुुसी छैनन् । सामान्य घटनामा मुद्दा प्रक्रियामै जानु सही नभएको उनको भनाइ छ । ‘कानुनको बर्खिलाप गर्नेलाई कारबाही गर्नुपर्छ, तर यसमा मुद्दा नै चलाउनुपर्छ जस्तो म देख्दिनँ,’ उनी भन्छिन्, ‘आस्थालाई सेलिब्रिटीभन्दा पनि म सामान्य नागरिकको रूपले हेर्छु, उनले गल्ती महसुस पनि गरेकी छिन्, यही आधारमा मुद्दा चलाउने हो भने प्रहरीबाट हजारौँ नागरिक पीडित भएका छन्, ती प्रहरीलाई के कारबाही भएको छ त रु’ प्रहरी र सर्वसाधारणलाई सबैलाई कानुन समान हुनुपर्ने उनको भनाइ छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी महिला प्रहरीमाथि अन्याय भएकाले मुद्दा चलाउनु परेको बताउँछ । उनी भन्छन्, ‘गल्ती गर्नेहरू कानुनको दायरामा सबै आउँछन् भन्ने सन्देश दिन खोजेका हौँ ।’ यसअघि फिल्मको आलोचनात्मक समीक्षा गर्दा प्रनिश गौतम तथा प्रहरीलाई गाली गरेर गीत गाएकोमा र्‍यापर भिटेनलाई पक्राउ गर्दा प्रहरी आलोचित भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies