Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना भाइरसको संत्रास : उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् ।

रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा सङ्क्रमणबाट बच्न सकिने बताए ।

कोरोना भाइरसले रुप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई (भ्याक्सिन) भने नभएको उनको भनाइ छ । अधिकारीको भनाइमा यो भाइरस सन् १९६० मा पत्ता लागेको थियो । ग्रिक शब्दमा कोरोना भन्नाले माला भन्ने बुझिन्छ । यो भाइरस ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उनले बताए ।

नयाँ दशकसँगै यो भाइरस चीनको वुहानबाट देखिएको भन्दै उनले भने, ‘मङ्गोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्यानडलगायत देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपालजस्ता देशहरुमा न्यून देखिएको छ ।’ धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीनवटा कुरामा विशेष ख्याल गर्न उनले सुझाव दिए । व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उनले बताए। यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्याञ्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिए ।

तेस्रोमा कानूनी रुपमा सरकारका तर्फबाट उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । चिनियाँ पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थी धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशीय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने अधिकारीको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न उनले सुझाव दिए ।

नेपालमा पशु र पक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उनले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।

नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले सङ्क्रमण गरिसकेपछिको शुरुआती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्युसमेत हुने गर्दछ ।

अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको सङ्क्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उनले बताए । रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (¥याल, सिङ्गान) परीक्षण गर्न सुझाव दिँदै उनले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies