Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

काठमाडौं । यूरोपेली संघका १५० भन्दा बढि सांसदले भारतीय नागरिकता संशोधन कानूनको विरोधमा प्रस्ताव ल्याएका छन् । यूरोपेली सांसदले भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून खतरनाक बन्न सक्ने भन्दै विरोध प्रस्ताव ल्याएका हुन् ।

छलफलकाे लागि सदनमा पेस भएकाे प्रस्तावमा कानूनको कार्यान्वयन सँगै धेरै भारतीय अनागरिक बन्न सक्ने र त्यसको कारण विश्व नै डरलाग्दो द्वन्द्वतर्फ जानसक्ने कुरा उल्लेख छ ।नागरिकता कानूनकै कारण करोडौं भारतीय देश विहिनसमेत बन्न सक्ने सम्भावनालाई सांसदहरुले औंल्याएका छन् । ‌

यूरोपेली सांसदको तर्फबाट तयार गरिएको पाँच पन्ने प्रस्तावमा भारतीय सरकारले कानून लागु गरेसँगै विश्वमै मानवीय संकट पैदा हुनसक्ने जनाइएको छ । युरोपेली संघका सांसदले प्रस्ताव दर्ता गर्दै गर्दा भारतले कानून पास गर्नुपूर्व विश्व समुदायबाट पनि सुझाव लिनेमा आशा देखाएका छन् ।

जनाइएअनुसार दुवै सदनमा बहस भएपश्चात नागरिकता कानून संशोधन पारित हुनेछ । यूरोपेली संघका सांसदले प्रस्ताव ल्याएसँगै भारत सरकारले भने सीएए आफ्नो आन्तरिक मामिला भएको भन्दै यस विषयमा अनावश्यक प्रचार नगर्न आग्रह गरेको छ ।

‘नागरिकता कानून अल्पसंख्यकको विरुद्धमा छ’

संघका सांसदले नागरिक संशोधन कानून आम भारतीय अल्पसंख्यकको विरुद्धमा भएको बताएका छन् । उनिहरुले धार्मिकताका आधारमा कानूनमार्फत भेदभाव गरिएको दाबी गरेका छन् । यस्तो कानूनबाट मानवअधिकार र राजनीतिक सन्धिको अबमुल्यन भएको दाबी उनिहरुको छ ।

साथै कानूनबाट अन्तराष्ट्रिय मानवअधिकार सम्झौताको अनुच्छेद–१५ को समेत उल्लंघन भएको उल्लेख छ । भारत सरकारले अन्तराष्ट्रिय मानवअधिकार सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसै सातादेखि सुरु भएको संघको साताव्यापी बैठकमा भारतीय नागरिकताको विषयमा प्रस्ताव पेश गरिएको थियो । जनाइएअनुसार आगामी बुधबार पेश गरिएको प्रस्तावमाथि विशेष छलफल हुनेछ । बिहिबार प्रस्तावको बारे भोटिङ्ग गर्ने कार्यक्रम छ ।

सांसदको आरोप : भारत सरकारले विरोधमा उठेको आवाजलाई दबाई रहेको छ

प्रस्तावमा नागरिकता संशोधन कानूनमाथि उठेको आवाजलाई बल प्रयोग गरि दबाइएको आरोप छ । साथै कानूनमार्फत भारत सरकारले योजनाबद्ध हिसाबले भारतीय मुश्लिम नागरिकको नागरिकताको छिन्ने ध्येय राखेको आरोप लगाइउको छ । यूरोपेली संघका सांसदले यस मामिलामा भारतलाई कडा दबाब दिनुपर्ने पनि माग गरेका छन् । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies