Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुस्तामा सुरक्षित आवास निर्माण शुरु

परासी । प्रदेश नं. ५ सरकारले पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि आवास बनाउन शुरु गरेको छ ।

आधारभूत सेवाबाट समेत वञ्चित भई दयनीय जीवन बिताउँदै आएका सुस्तावासीका लागि सरकारले आवास बनाउन शुरु गरेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । सुस्ता गाउँपालिकाको पहलमा प्रदेश नं. ५ सरकारले आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

सुस्ताका २५० घरधुरीलाई आवास निर्माण गर्ने योजनाअनुसार पहिलो चरणमा १५० घर निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिए । नारायणी नदीपारिको सुस्ता गाउँमा अधिकांश कच्ची घर रहेका छन् । बाढीको समयमा अधिकांश घर डुबानमा पर्ने गरेको छ । यहाँ २६५ घरधुरीमध्ये १५ घर मात्रै पक्की रहेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । उनले भने, “सुस्तावासी नेपालीले नेपाली भूमि बचाउन गरेको योगदानको कदर गर्दै नेपाली भएकामा गर्व गर्ने र सरकारको पनि अनुभूति हुने गरी गाउँपालिकाले पहल गरेर सुस्तावासीलाई आवासको व्यवस्था गर्न लागेको हो, हामीले शिलान्यास गरेर निर्माण कार्य अघि बढाएका छौँ ।”

गाउँपालिका अध्यक्ष पाण्डेले आवास निर्माणको शिलान्यास गरेका हुन् । प्रदेश सरकारले सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा २५० आवास निर्माणका लागि रु पाँच करोड २५ लाख बजेट विनियोजन गरेको छ । प्रतिघरका लागि रु तीन लाख ५० हजार सरकारले उपलब्ध गराएको छ भने थप १५ प्रतिशत उपभोक्ताले लगानी गर्नेछन् ।

“आगामी जेठ मसान्तभित्र निर्माण गरिसक्ने हाम्रो लक्ष्य हो, दुई कोठा पक्की भवन र जस्तापाताको छाना र शौचालयसमेत निर्माण हुनेछ । फुसका घरमा बसिरहेका र नागरिकता पाएका नागरिकलाई हामीले आवास हस्तान्तरण गर्नेछौँ, फुसको घर विस्थापित गर्ने हाम्रो योजना हो, सुस्तावासीलाई हामी खुशी देख्न चाहन्छौँ”, अध्यक्ष पाण्डेले भने ।

अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पुर्याउने उद्देश्यले गत कात्तिकदेखि सुस्तामा सौर्य मिनी ग्रिड प्लान्ट पनि निर्माण भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तराई–मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको संयुक्त लगानीमा आठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ग्रिडको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए । सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रसारणको लाइन पुर्याउन असहज भएपछि वषौँदेखि टुकीको भरमा बस्न बाध्य यहाँका नागरिकलाई गाउँपालिकाले पहल गरेर बिजुली बाल्न लागेको अध्यक्ष पाण्डेले बताए । अहिले सरकारले आवास निर्माण गर्न थालेपछि फुसको छानाको कच्ची घरमा बस्दै आएका सुस्तावासीमा खुशियाली छाएको सुस्ता बचाउ अभियानका सदस्य रवीन्द्र जयसवालले बताए । नागरिकता नभएकालाई पनि नागरिकता प्रमाणपत्र दिलाएर सबै घरधुरीलाई आवासको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । सुस्तामै केही दिनपछि सडक निर्माणसमेत शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । सुस्तामा अहिले तीन हजार १३३ जनसङ्ख्या छ । सुस्ता बचाउ अभियानअनुसार सुस्ताको कूल क्षेत्रफल ४० हजार ९८० हेक्टरमध्ये १४ हजार ५०० हेक्टर भारतीय अतिक्रमणमा परेको अनुमान छ । १९ हजार ४८० हेक्टर जमीन विवादित छ भने बाँकी रहेको सात हजार हेक्टरमात्र अहिले सुस्तावासीले भोगचलन गर्दै आएका छन् ।

विसं २०३४ मा नारायणी नदीमा आएको बाढीका कारण तत्कालीन सुस्ता पञ्चायत (हालको विवादित भनिएको १९ हजार ४८० हेक्टर क्षेत्रफल जमीन) मा रहेका नौ गाउँलाई पक्लिहवा, त्रिवेणीलगायत स्थानमा स्थानान्तरण गरिएको थियो ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले निर्माण गरेका संरचनाका कारण नारायणी नदीको बहाव सुस्तातर्फ केन्द्रित हुँदा सुस्तावासीले समस्या भोग्दै आएका छन् । सुस्तामा नेपाल र भारतको सीमा छुट्याउने कुनै स्तम्भ छैनन् । सडकलाई सीमा मानिएको छ । सुस्ताभूमि नारायणी नदीभन्दा पारि हुनु र त्यहाँ सीमा स्तम्भ पनि नहुँदा भारतले त्यही बहानाले पटकपटक अतिक्रमणको प्रयास गर्दै आएको स्थानीयवासी बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies