Khabar Dabali Logo
  February 28, Fri

छ महिनामा पाँच प्रतिशत मात्र खर्च

काठमाडौँ । जिल्लाका प्रदेश कार्यालयमा विकासका लागि विनियोजन गरिएको बजेट छ महिनामा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको छ । सङ्घीय कार्यालयको पनि विकास खर्च निरासाजनक रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयमा विनियोजन गरिएको बजेट रु तीन अर्ब २३ लाख चार हजारमध्ये पूँजीगततर्फ रु दुई अर्ब १६ करोड ५३ लाख तीन हजार बजेट रहेको छ । पुस मसान्तसम्ममा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको उनले जानकारी दिए । 

प्रदेश सरकारको बजेटको चालुतर्फ पनि खर्च न्यून रहेको छ । गत छ महिनामा चालुतर्फ १८ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फको बजेट रु ८३ करोड ७० लाख एक हजार रहेको छ । 

त्यस्तै सङ्घीय सरकारले विकासका लागि विनियोजन गरेको बजेटको खर्च छ महिनामा २० दशमलव ७० प्रतिशत मात्र रहेको छ । भट्टराईका अनुसार सङ्घीय सरकारको रु १५ अर्ब ८३ करोड २२ लाख ८८ हजार बजेटमध्ये पूँजीगत खर्चतर्फ रु पाँच अर्ब ६७ करोड ७३ लाख रहेको छ । जसको २० दशमलव ७० प्रतिशत मात्र खर्च भएको हो । 

चालुतर्फ रु १० अर्ब १५ करोड ४९ लाख ८५ हजारको ४८ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ । भट्टराईका अनुसार पुस मसान्तसम्ममा सङ्घीयतर्फ रु १५ अर्ब ४५ करोड २८ लाख ८८ हजार र प्रदेशतर्फ रु ३३ करोड २९ लाख ८५ हजार राजश्व सङ्कलन भएको छ । 

प्रदेश र सङ्घीय सरकारको विकासका आयोजनाको बोलपत्र आह्वान गर्ने, विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नेजस्ता काम भइरहेकाले खर्च कम भएको जनाइएको छ । यद्यपि शुरुका महिनामा काम नहुने र आर्थिक वर्षको अन्तिममा हतारमा काम हुने जनगुनासो रहने गरेको छ ।रासस 
माघ १३ गते, २०७६ - ०९:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तरपट्टि गाउँमा खानेपानीको चरम अभाव अब छिट्टै हट्दै

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ...   
म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ । गएराति...   

कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा...   
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए पूर्वराज्यमन्त्री साह, चार वर्ष कैद र १९ करोड जरिवाना

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए पूर्वराज्यमन्त्री साह, चार वर्ष कैद र १९ करोड जरिवाना

काठमाडौं । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी...   

एसइईमा पाँच लाख १० हजार विद्यार्थी, १९ सय ९५ परीक्षा केन्द्र

काठमाडौं । ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार...   

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत...   

पेट्रोलमा ८६५ कर : पूर्वाधार कर पाँचबाट १० रुपैयाँ बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल,...   
विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको...   
सरकार, पुरस्कार कहिले दिने ?

सरकार, पुरस्कार कहिले दिने ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै...   
भारतीयसँगै नेपालीको उद्धार

भारतीयसँगै नेपालीको उद्धार

काठमाडौं। केही दिनदेखि जापानको सामुद्रिक तटमा ‘क्वारेन्टाइन’मा राखिएको एउटा पानी जहाजबाट एक नेपालीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top